Comments Add Comment

लकडाउन उल्लंघन गर्ने एक हजार ६२ जनालाई प्रहरीले दुई घन्टा उभ्यायो

२२ चैत, काठमाडौं । लकडाउन उल्लंघन गरेको आरोपमा प्रहरीले एक हजार ६४ जनालाई उभ्याएको छ । शनिबार बिहान काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न क्षेत्रबाट उनीहरुलाई उभ्याइएको हो ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका अनुसार कारबाहीमा पर्ने मध्ये २८१ जना महिला छन् । उनीहरुलाई सडक किनारमा उभ्याएर प्रहरीले कोरोना (कोभिड-१९) भाइरसबारे सचेतनामूलक प्रशिक्षण दिएको छ ।

समाचार तयार पार्दासम्म १७२ वटा सवारीसाधन पनि नियन्त्रणमा परेका छन् । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लकडाउनको नीति कार्यान्वयन गरेको शनिबार १२औं दिन हो । यद्यपि, अझै सर्वसाधारणले लकडाउन उल्लंघन गर्ने क्रम रोकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment