+
+
Shares

चीनबाट स्वास्थ्य सामाग्री ल्याउने नेपाली सप्लायर्सहरुको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २२ गते १२:२२

२१ चैत, काठमाडौं । नेपाली मेडिकल सप्लायर्सहरुले चीनबाट स्वास्थ्य सामाग्री ल्याउने पहल थालेका छन् । अहिले चीनमा सामाग्रीहरु जम्मा गर्ने क्रम सुरु भएको रसायन तथा मेडिकल आपूर्ति संघ नेपालका अध्यक्ष सुरेश घिमिरेले जानकारी दिए ।

सीजी ग्रुप, नर्भिक अस्पताल लगायतले नेपाल एयरलाइन्सको विमान चार्टर गरेर शुक्रबार मात्र चीनको ग्वान्झाओबाट स्वास्थ्य सामाग्री नेपाल ल्याएका थिए । तर कति सामान आयो भन्ने आइतबार भन्सार पास भएपछि मात्र भन्न सकिने बताइएको छ ।

नेपाली मेडिकल सप्लायर्सहरुले भने अहिले चीनमा सामान जम्मा गरिरहेको अध्यक्ष घिमिरेले जानकारी दिए । उनले भने, ‘भोलिबाट विमान चार्टरका लागि प्रक्रिया सुरु गर्छौं । सरकारले सहयोग गरे पनि–नगरे पनि यो साताभित्र सामान ल्याउँछौं ।’

उनकाअनुसार नेपाली मेडिकल सप्लायर्सहरु आपसमा मिलेर स्वास्थ्य सामाग्री ल्याउन तयार छन् ।

तर ढुवानीमा समस्या छ । विदेशी विमान चार्टर गरेर ल्याउन महंगो पर्ने भएकाले नेपाल एयरलाइन्सको विमान चार्टर गर्ने नेपाली व्यवसायीहरुको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?