+
+
Shares

रौतहटका १८५ जना क्वारेन्टाइनमा, ५ घर फर्किए

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २२ गते १०:४०

२२ चैत, रौतहट । रौतहटका स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बस्नेको संख्या १८५ पुगेको छ ।

वैदेशिक रोजगारीबाट फर्केकाहरू जिल्लाका विभिन्न स्थानमा निर्माण गरिएका २१ वटा क्वारेन्टाइनमा बसेका हुन् ।

कोविड–१९ संक्रमित फेला परेको खण्डमा २५ वटा आइसोलेसन बेडसमेत गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलेले जानकारी दिए ।

‘क्वारेन्टाइनमा बसेकामध्ये ५ जनालाई घर फिर्ता पठाइएको छ,’ प्रजिअ घिमिरेले भने, ‘१२ महिला र १७३ पुरुष क्वारेन्टाइनमा छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?