Comments Add Comment

वागमती प्रदेश सरकारलाई उद्योग परिसंघको १० टन खाद्यान्न

२२ चैत, हेटौंडा । लकडाउनको समयमा प्रभावित न्यून आय भएका व्यक्तिहरूलाई सहयोग गर्न उद्योग परिसंघले वागमती प्रदेश सरकारलाई १० टन खाद्यान्न हस्तान्तरण गरेको छ ।

उद्योग परिसंघ, वागमती प्रदेशका संयोजक ऋषिराम घिमिरे, उद्योग संघ, मकवानपुरका अध्यक्ष लेखराज सापकोटाले शनिबार वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई १० किलो दरका १ हजार प्याकेट हस्तान्तरण गरेका हुन् ।

लकडाउनको समयमा दैनिक जीवनयापन गर्न समस्या भएका परिवारलाई उक्त खाद्यान्न उपलब्ध गराइने मुख्यमन्त्री पौडेलले बताए ।

राहतका प्याकेटमा ५ किलो चामल, २ किलो चिउरा, १ केजि दाल, एक केजी नुन, १ लिटर तेल रहेको परिसंघका संयोजक घिमिरेले जानकारी दिए ।

प्रदेश सरकारले आजै जिल्ला समन्वय समिति प्रदेश संयोजक रघुनाथ खुलाललाई हस्तान्तरण गरेको छ । प्रदेशका जिल्ला जिल्लामा ती खाद्यान्न वितरणका लागि पठाइने खुलालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment