Comments Add Comment

रेसुङ्गामा ८५१ जनालाई राहत वितरण

२३ चैत, गुल्मी । रेसुङ्गा नगरपालिकाले ८५१ जनालाई खाद्यान्न वितरण गरेको छ । रोकारोना रोकथामका लागि सरकारले लकडाउन गरेपछि समस्यामा परेकाहरुलाई राहत वितरण गरिएको हो ।

नगरपालिकाको वडानम्बर १ मा १८६ जना, वडानम्बर २ मा १०३ जना, वडा नम्बर ३ मा १०९ जना, वडानम्बर ४ मा १०२ जना, वडानम्बर १० मा १३८ जना, वडानम्बर ११ मा ७५ जना, वडानम्बर १२ मा १३८ जना गरी ८५१ जनालाई राहत बितरण गरिएको मेयर डिल्लीराज भुसालले बताए ।

प्रत्येक परिवारको संख्याको आधारमा राहत वितरण गरेको र फेरि लकडाउनको अवधि थपिएमा पुनः राहतको कार्यक्रम अगाडि बढाउने उनको भनाइ छ ।

राहत स्वरुप एक जना व्यक्ति भएको परिवारलाई पाँच किलो चामल, आधालिटर तेल, आधाकिलो दाल, एक किलो नुन वितरण गरिएको नगरपालिकाका प्रवक्ता तथा वडानम्बर १० अध्यक्ष पदम अर्यालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment