Comments Add Comment

पाकिस्तानमा लकडाउन लागू नगर्ने अडानमा इमरान खान

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पूरा मुलुकभर लकडाउन गर्न नसकिने बताएका छन् । स्थानीय ‘जंग’ पत्रिकाका अनुसार शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले मुलुकका २२ करोड मानिसहरुलाई बन्द गर्न नसकिने बताएका हुन् ।

बीबीसी हिन्दीले उल्लेख गरेअनुसार, इमरान खानले पाकिस्तानमा कोरोना भाइरको जोखिम छैन भनेर नबुझ्न पनि आग्रह गरेका छन् । २२ करोड मानिसलाई बन्द गर्नु असम्भव रहेको उनको भनाइ छ ।

उनका अनुसार, अहिले पाकिस्तानको एकतर्फ भोक र अर्कोतर्फ कोरोना छ । उनले मुलुकभर लकडाउन लगाउँदा मानिसहरु भोकमरीमा पर्न सक्ने उनको भनाइ छ । अहिले धेरै मानिसको भिड जम्मा हुन सक्ने स्थानमा मात्र लकडाउन गरिएको उनले बताए ।

इमरान खानले सबै मानिसलाई कोरोना बाट बच्न सतर्कता अपनाउन आग्रह गरेका छन् । उनले १४ अप्रिलमा आगामी दिनमा कस्तो कदम चाल्ने भन्नेबारे विचार गरिने बताएका छन् । शुक्रबार पनि पाकिस्तानका मानिसहरु घरमा नै बसेका थिए । मस्जिदमा नमाज पढ्न जाने मानिस देखिएका थिएनन् ।

अहिले पाकिस्तानमा तीनदेखि पाँचभन्दा धेरै मानिस मस्जिद जान रोक लगाइएको छ । तर, कराचीको एक मस्जिदमा नमाज पढ्न पुगेका थिए । यो क्रममा प्रहरीसँग झडप भएको थियो । झडपमा परी धेरै मानिस घाइते भएका थिए । प्रहरीले मस्जिद कमिटिका चारजना मानिसलाई प्रक्राउ गरेको थियो भने केही मानिसको विरुद्ध मुद्दा पनि दायर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment