+
+
Shares

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या नौ हजार नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २४ गते ८:५३

२४ चैत, काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९)को कारण मृत्यु हुनेको संख्या नौ हजार नाघेको छ । सीएनएनका अनुसार आइतबार अमेरिकामा एक हजार एक सय ३७ जनाको यो भाइरसको कारण मृत्यु भएको हो । यससँगै समग्र मृत्यु हुनेको संख्या नौ हजार छ सय ३३ पुगेको छ ।

पछिल्लो तीन दिनमा मात्र अमेरिकामा तीन हजार पाँच सयभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । शुक्रबार अमेरिकामा भाइरसको कारण एक हजार एक सय ६९ जनाको मृत्यु भएको थियो भने शनिबार एक हजार तीन सय ४४ जनाको मृत्यु भएको थियो ।

चीनको वुहानबाट निस्किएको यो भाइरसको कारण सबैभन्दा प्रभावित बनेको अमेरिकामा अहिलेसम्म समग्र संक्रमितको संख्या तीन लाख ३७ हजार नाघेको छ । आइतबार मात्र अमेरिकामा २५ हजार २९ नयाँ संक्रमित फेला परेका थिए ।

अमेरिकामा अहिलेसम्म १७ हजारभन्दा धेरै संक्रमित निको भएका छन् । कोरोना भाइरसको महामारी फैलिएसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अबको दुई साता अमेरिकाको लागि निकै कठिन हुने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?