Comments Add Comment

लगातार खोकी ? अरुपनि कारण हुनसक्छ

अहिले हामीलाई एउटा कुराले निकै भयाभित बनाउँछ । रुघा, खोकी र उच्च ज्वरो । अन्य दिनहरुमा यी समस्या सामान्य मानिन्थ्यो । औषधि सेवन नगरी पनि निको हुन्थ्यो । मान्छेले रुघा, खोकी र ज्वरोलाई यत्तिकै पचाइदिन्थे ।

तर, अहिले कुरा फरक छ । जब यी लक्षणहरु देखा पर्न थाल्छन्, हाम्रो मनमा ढ्यांग्रो बज्न थाल्छ । हामी आफैमाथि आशंका गर्न थाल्छौं, ‘हत्तेरी, कोरोना त लागेन ?’

विश्व कोरोनाले भयाभित छ । अतः कोरोनाको सामान्य लक्षण मानिन्छ, खोकी । कोरोना भाइरस संक्रमित व्यक्तिहरुको भनाई अनुसार उनीहरुलाई सुरुमा निरन्तर खोकी लागेको थियो । त्यसपछि ज्वरो आउने, जोर्नी दुख्ने जस्ता समस्या देखापरे । हुन त सबैमा यस्तो लक्षण पनि मेल खाएको छैन । कतिपय यस्ता संक्रमित छन्, जसमा यी कुनैपनि लक्षण छैन ।

नियमित खोकी लाग्नु कोरोनाकै कारण नहुन सक्छ । खोकी अनेक कारणले लाग्न सक्छ ।

फ्लु वा एलर्जी

चिसो र प्रदूषणको कारण फ्लु वा एलर्जीको समस्याले सताउने गर्छ । यस्तो अवस्थामा खोकी लाग्ने, घाँटी दुख्ने समस्या देखिन्छ । भाइरल इन्फेक्सनको एक कारण सुख्खा खोकी पनि हो ।

दम

दम एवं अस्थामाको कारण पनि खोकी लाग्न सक्छ । यस्तो अवस्थामा सास फेर्न गाह्रो हुने र स्वाँस्वाँ हुने समस्या देखिन्छ । निरन्तर खोकी लागिरहनु र श्वासप्रश्वासमा समस्या हुनु दमको लक्षण हुनसक्छ ।

निमोनिया

निमोनिया हुँदा फोक्सोमा भएको हावाको थैलीमा संक्रमण भएर जाने गर्छ र कफले भरिने गर्छसुख्खा खोकीको साथमा कफ आउने, आउने समस्या हुन्छ । शुरुमा निमोनिया ब्रोंकाइटिसजस्तो हुन्छ ।

क्ष्यरोग अर्थात टिबी

यो संक्रमणको कारणले हुने समस्या हो । र, संक्रमण व्याक्टेरिायाको कारण हुन्छ । यस्तो व्याक्टेरिया शरिरका सबै अंगमा प्रवेश गर्छ र रोगबाट ग्रसित पार्छ । यस्तो समस्या प्रायः फोक्सोमा हुने गर्छ । यसले पनि अत्याधिक थकानको महशुस गराउने, तौल घटाउनुका साथै लामो समयसम्म खोकी लाग्ने समस्या हुन्छ । खोकीमा कफ र रगत देखिएमा त्यो क्ष्यरोगको लक्षण पनि हुन सक्छ ।

फोक्सोको क्यान्सर

तीन हप्ता वा त्योभन्दा बढी समय कफसहितको खोकी लागेमो फोक्सो क्यान्सरको लक्षण पनि हुन सक्छ । यसको शुरुवाती १५ प्रतिशत कारण आम हो । अत्याधिक धुम्रपान सेवनकर्ताले यसको उच्च जोखिममा हुन्छन् ।

यस्ता मानिसलाई तीन हप्ताभन्दा बढी लगातार खोकी लााग्ने, विस्तारै खोकीसँगै रगत देखा पर्न थालेमा क्यासर हुन सक्छ । यस्तो क्यान्सरको कारण विनाकारण ह्वात्तै तौल घट्ने, अत्याधिक थकानको महशुस हुने, सुत्दा दुख्नेलगायतको समस्या पनि हुने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment