Comments Add Comment

बिस्केट र जिब्रो छेड्ने जात्रा यस वर्ष नहुने

२४ चैत, काठमाडौं । भक्तपुरमा हरेक वर्ष हुँदै आएको बिस्केट जात्रा र जिब्रो छेड्ने जात्रा यस वर्ष नहुने भएको छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण यी दुवै जात्रा यस वर्ष स्थगित गरिएको हो ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बिस्केट जात्रा र जिब्रो छेड्ने जात्रा दुवै नहुने जानकारी दिइन् । उनले अनलाइनखबरसँग भनिन्, ‘यस वर्ष जात्रा नगर्ने र सामान्य पूजामात्र गर्ने निर्णय भएको छ ।’

बिस्केट जात्रा भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइन्छ । तौमढीस्थित पाँचतले मन्दिर परिसरबाट भैरव र भद्रकालीको रथ तानेर सुरु गरिने यो जात्रा यक्ष मल्लको पालादेखि चलेको बताइन्छ ।

यसैगरी जिब्रो छेड्ने जात्रा मध्यपुरथिमीको बोडेमा विशेष हर्षोल्लासका साथ मनाइन्छ ।

जिब्रो छेड्ने जात्रा, बिस्केट जात्राकै एक अभिन्न अंग हो । प्रत्येक वर्ष चैत मसान्तमा बोडे महालक्ष्मी मन्दिर प्रांगणमा लिंगो ठड्याएपछि वैशाख २ गते जिब्रो छेड्ने जात्रा मनाइन्छ ।

यो पनि पढ्नुहोस जिभ्रो छेड्ने जात्राको कथा : बुद्धकृष्णको मन दुखेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment