+
+
Shares

यौनमा उदासीन महिलाको महिनावारी चाँडै सुक्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २४ गते १७:४५

३५ वर्षभन्दा माथिका महिलाहरु, जो यौन क्रियाकलापमा कम सक्रिय हुन्छन्। उनीहरुको महिनावारी छिट्टै सुक्छ भन्ने कुरा हालै गरिएको एउटा सर्वेक्षणबाट पत्ता लागेको छ ।

यौन सम्पर्क राख्नाले क्यालोरी बर्न हुन्छ, मुटु स्वास्थ हुन्छ, छाला राम्रो हुन्छ भने हाम्रो वैवाहिक जीवनका लागि पनि टनिकको काम गर्ने भएपनि नियमित यौन सम्पर्कमा नरहनाले यसमा विभिन्न समस्याहरु सिर्जना हुने अध्ययनले देखाएको हो।

यौन सम्पर्कका विभिन्न फाइदाहरु छन् । तर, धेरै त्यस्ता महिलाहरु छन्, जसको जीवनमा यौन त्यति धेरै महत्वपूर्ण हुँदैन । के यौन कम गर्नाले वास्तवमै महिलाहरुको (मेनापोज) महिनावारी छिट्टै सुक्छ ? यसका बारेमा केही जानकारी यस प्रकार छन् ।

अध्ययनले के भन्छ ?

जुन महिलालाई यौन क्रियाकलापमा धेरै रुचि हुन्छ वा उनीहरु यस काममा धेरै सक्रिय रहन्छन्। उनीहरुको महिनावारी लामो समयसम्म सुक्दैन भन्ने कुरा एउटा अध्ययनले पत्ता लगाएको छ। जुन महिलाले हप्तामा एक पटक यौन सम्पर्क राख्छिन् । त्यस्ता महिलाहरुको महिनावारी सुक्ने सम्भावना महिनामा एकपटक मात्र यौन सम्पर्क राख्ने महिलाहरुको तुलनामा २८ प्रतिशत कम हुन्छ ।

के कारण महिनावारी सुक्छ ?

जब ३५ वर्षभन्दा माथिका महिलाहरुले यौन सम्पर्क राख्दैनन्। उनीहरुको शरीरले ओभुलेसन (अण्डा उत्पादन) बन्द गर्ने संकेत दिनथाल्छ । जसका कारण महिनावारी सुक्न थाल्छ । वास्तवमा जब शरीरले प्रजनन प्रक्रियाका लागि अण्डाको आवश्यकता छैन भन्ने संकेत दिन थाल्छ। जसका कारण अण्डा बन्न बन्द हुन्छ र महिनावारी सुक्छ भन्ने कुरा उक्त सर्वेक्षणमा प्रमाणित भएको हो।

जब महिलाहरुको शरीर भित्र अण्डा बन्छ । अण्डा बन्ने क्रममा उनीहरुको रोग प्रतिरोधक क्षमता कमजोर हुन्छ । जसका कारण उनीहरु बिरामी पनि हुन सक्छन् भन्ने कुरा तीन हजार महिलामा गरिएको उक्त अध्ययनले पत्ता लगाएको छ ।

महिलाहरुले के गर्नुपर्छ ?

यदि तपाईं महिनावारी छिट्टै नसुकोस् भन्ने चाहनुहुन्छ भने आफ्नो यौन क्रियाकलापमा सक्रिय रहनु आवश्यक छ । सकेसम्म यस गतिविधिमा धेरै सक्रिय रहने कोसिस गर्नुपर्छ । यसो गर्नाले तपाईंको महिनावारी छिट्टै सुक्दैन । साथै, यसले तपाईंलाई स्वास्थ पनि बनाउन सहयोग पुर्‍याउँछ । त्यसैले तपाईं फिट र स्वस्थ रहनुका लागि आफ्नो यौन जीवनलाई सक्रिय बनाउनु अति नै आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?