Comments Add Comment

संसदको हिउँदे अधिवेशन अन्त्य

२४ चैत, काठमाडौं । संघीय संसदको पाँचौं (हिउँदे) अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य हुँदैछ । संसद सचिवालयले सोमबार सूचना टाँसेर अधिवेशन अन्त्यको घोषणा गरेको हाे ।

मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्यसम्बन्धी पत्र संसद सचिवालयमा पठाएकी हुन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।

४ पुसबाट सुरु भएको अधिवेशन एक सय १० दिन चलेको थियो । यो अवधिमा दुबै सदनबाट जम्मा चारवटा विधेयक पारित भए ।

प्रमाण ऐन, २०३१ लाई संशोधन गर्न बनेको विधेयक, शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, राजश्व चुहावटसम्बन्धी र औद्योगिक व्यवसाय प्रतिष्ठानसम्बन्धी विधेयक दुबै सदनबाट पारित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment