Comments Add Comment

कांग्रेस पदाधिकारी बैठक बस्दै, सरकारलाई गर्नसक्ने सहयोगबारे छलफल हुने

२५ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक मंगलबार बस्दैछ। बैठक बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्न लागेको हो ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठकमा कोरोना भाइरस संक्रमणको रोकथाम तथा उपचारमा सरकारको तर्फबाट भएका काम र कांग्रेसले गर्नसक्ने योगदानलगायत समसामयिक विषयमा छलफल हुनेछ ।

कोरोना भाइरसको संक्रमण रोकथाम तथा उपचारका लागि मुलुकभर लकडाउन लागू भएपछि कांग्रेस पदाधिकारी बैठक पहिलोपटक बस्न लागेको हो ।

का‌ंग्रेसको पदाधिकारीमा सभापति देउवा, उपससभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत र कोषाध्यक्ष सीतादेवी यादव छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल विशेष आमन्त्रितका रुपमा पदाधिकारी बैठकमा सहभागी हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment