Comments Add Comment

समर ट्रान्सफर विन्डोको समय र खेलाडीको सम्झौता अवधि थप्ने तयारी

फुटबल खेल बन्द भएपछि बन्द भएको एक स्टेडियम

२५ चैत, काठमाडौं । कोरोना भाइरस महामारीको कारण अहिले विश्व फुटबल ठप्प छ । कुनै पनि फुटबल गतिविधि भएको छैन । युरोपका ठूला लिग स्थगित छन् । फिफाका अन्तर्राष्ट्रिय खेलहरु समेत प्रभावित छ । युरोपियन लिगहरुमा केही खेलाडीको सम्झौता ३० जुनमा सकिनेछ । तर कोरोनाको कारण अहिले फुटबल खेल नभएकाले खेलाडी किनबेच गर्न समथ अर्थात ट्रान्सफर विन्डो पछि सारिने र सम्झौता समेत केही समयको लागि बढाइने भएको छ ।

फुटबलको मुख्य सरोकारवाला निकायहरुले यस प्रस्तावमा सहमति जनाएको बीबीसीले जनाउको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विभिन्न कन्फ्रेडेरेसन फेडेरेसन क्लब खेलाडी र लिगसँग यसबारेमा छलफल अगाडि बढाएको र सहमतिमा पुगेको पनि बीबीसीले जनाएको छ ।

यसअघि यस २०१९–२० को सिजन ३० जुनसम्म सकाउने सबैले सहमति गरेका थिए, तर अब त्यसो हुने छैन ।

युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएका अध्यक्ष अलेक्जान्डर कफेरिनले यस सिजनको च्याम्पियन्स लिग युरोपा लिग अगष्टमा सकाउनुपर्ने बताएका थिए । तर डोमेस्टिक लिगहरु कप फुटबल अनि युरोपियन प्रतियोगिताहरु सकाउनु पर्ने भएकाले अब फुटबल कहिलेसम्म स्थगित हुन्छ भन्ने एकिन छैन ।

अहिले ग्लोबल क्राइसिस रहेकाले जसको सम्झौता यो सिजनको अन्त्यमा सकिँदै थियो अब उनीहरुको सम्झिदता अर्को सिजन शुरु नहुँदासम्म थपिने भएको हो ।

यस्तै ट्रान्सफर विन्डोको नयाँ मिति पनि पछि सारिने भएको छ । इंग्लयाण्डमा यसको मिति सेप्टेम्बर १ सम्म सारिएको छ । यसलाई फिफाले मान्यता दिन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment