+
+
Shares

थप इन्डक्सन चुल्हो खरिद गर्न खाद्यले छलफल थाल्यो

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २५ गते १४:११

२५ चैत, काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले थप इन्डक्सन चुल्हो खरिद गर्न छलफल सुरु गरेको छ । संस्थानमा मौज्दात रहको सबै इन्डक्सन बिक्रि भए पछि नयाँ खरिदबारे छलफल थालिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिईन् । ‘इन्डक्सनमा उपभाक्ताको चासो पाइए पछि कम्पनीले थप खरिदबारे छलफल थालेको छ तर कुनै पाको निर्णय भने बनिसकेको छैन्,’ उनले भनिन् ।

चीन सरकारको अनुदानमा प्राप्त ७ हजार ४ सय ३५ थान इन्डक्सन बिक्रि सकिएको पनि कम्पनीले जनाएको छ । दैनिक दुई तीन सय हाराहारी इन्डक्सनको माग भएको कम्पनीका प्रादेशिक प्रमुख रणबहादुर बुढाथोकीले जानकारी दिए । ‘हामीसंग भएको इन्डक्सन सकियो थप ३ हजार थानको माग त तत्कालै देखियो,’ बुढाथोकीले थपे, ‘थप इन्डक्सन किन्न आन्तरिक छलफल भएको छ, यदी किनिएको खण्डमा कम्तीमा पनि थप १० हजार थान इन्डक्सन ल्याउनु पर्ने देखिन्छ,’

ग्यासको अभाव चुलिए पछि उपभोक्ताले इन्डक्सन खरिदमा चासो देखाएका थिए । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले झण्डै एक महिना अवधिमा दुई करोड ९७ लाख ४० हजार रुपैयाँको इन्डक्सन बिक्रि गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?