+
+

गभर्नरलाई डेपुटी गभर्नरले भने– यो खुबी देखाउने मौका हो

मिलेरै काम गर्ने प्रतिवद्धता

रोयल आचार्य रोयल आचार्य
२०७६ चैत २५ गते २०:२३

२५ चैत, काठमाडौं । वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीसँग मिलेर काम गर्ने बताएका छन् । गभर्नरको दौडमा आफु पछाडि परे पनि अधिकारीलाई पूर्ण रुपमा सहयोग गर्ने बताएका हुन् ।

मंगलबार नवनियुक्त गभर्नर अधिकारीलाई स्वागत गर्दै सिवाकोटीले भने, ‘म पनि गभर्नरका लागि योग्य थिए, हामी योग्य थियौं तर हामी भन्दा झन योग्य वहाँ आउनु भएको छ, मिलेर काम गर्नेछौं ।’

राष्ट्र बैंकको नयाँ गभर्नर को भन्द भन्ने चर्चा हुँदै गर्दा वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको नाम अग्रपंक्तिमा थियो । अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा गठित सिफारिस समितिले सिवाकोटीसहित महाप्रसाद अधिकारी र पूर्वसचिव केशव भट्टराईको नाम सिफारिस गरेको थिए ।

मन्त्रिपरिषद् बैठकले तीन मध्ये अधिकारीलाई गभर्नर नियुक्त गरेको थियो । उनले साढे १० महिना आफू डेपुटी गभर्नरकै हैसियतमा हुने भन्दै आफ्नो कार्यकाल भरी र कार्यकाल सकिए पछि बाहिरबाट पनि सकिने सहयोग गर्ने बताए ।

राष्ट्र बैंकका तमाम अधुरा कामहरु पनि अधिकारीको नेतृत्वमा पूरा हुने उनले बताए । ‘म भईन, गभर्नर भएन भनेर नमस्कार नै गर्न छाड्नु पर्दैन’ ठट्यौली शैलीमा कर्मचारीहरुलाई सम्वोधन गर्दै उनले भने, ‘१०.५ महिना अझै हामी डेपुटी गभर्नरको हैसियतमा हुनेछु, हामी सबै मिलेर काम गनुए पर्नेछ ।’

कोरोना भाइरसका कारण अहिले मुलुकको अर्थतन्त्रमा ठूलो चुनौती रहेको भन्दै उनले बिग्रदै गएको वित्तीय स्थितिलाई ध्यान दिदै सबैलाई राम्रो हुने राहतका प्याकेज ल्याउनु पर्ने बताए ।

यस अघि प्रारम्भिक राहत ल्याएको भए पनि त्यो नै पर्याप्त नभएको उनले बताए । उनले गभर्नर अधिकारीले यो समयमा खुबी देखाउनु पर्ने समेत बताए । ‘चुनौतीको सामना गर्न पाउँदा नै मान्छेले खुबी देखाउन पाउनेछ’ उनभेले भने, ‘अहिले चुनौती छ, यो अवसर पनि हो नयाँ गभर्नर ज्यूका लागि यो अवसर हो खुबी देखाउनु पर्छ ।’

सिवाकोटीले यस अघि कामु गभर्नरको रुपमा राष्ट्र बैंकको नेतृत्व सम्हालिरहेका थिए ।

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?