Comments Add Comment

उत्तर कोरियामा पाँच सयभन्दा बढी क्वारेन्टाइनमा

२६ चैत, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले उत्तर कोरियाका पाँच सयभन्दा धेरै मानिसलाई क्वारेन्टाइनमा राखिएको बताएको छ । मंगलबार डब्ल्यूएचओले उत्तर कोरियामा निरन्तर कोरोना भाइरस (कोसिड-१९) को परीक्षण भइरहेको समेत प्रष्ट पारेको छ ।

डब्ल्यूएचओले उत्तर कोरियाको स्वास्थ्य मन्त्रालयबाट सप्ताहिक रूपमा अपडेट पाइरहेको बताएको छ । रोयटर्सले उल्लेख गरेअनुसार उत्तर कोरियाले राजधानी प्योंगयोङमा रहेको राष्ट्रिय प्रयोगशालामा कोरोना भाइरसको परीक्षण गरिरहेको बताएको छ ।

अप्रिल २ सम्म उत्तर कोरियामा ११ जना विदेशीसहित सात सय नौ जनामा कोभिड–१९ को परीक्षण गरिएको छ । अहिलेसम्म कुनै संक्रमित भने फेला परेका छैनन् । साथै पाँच सय नौ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

डब्ल्यूएचओको उत्तर कोरियाका प्रतिनिधि डा. एडविन सालभाडोरले गत डिसेम्बर ३१ यता उत्तर कोरियामा २४ हजार आठ सय ४२ जना मानिस क्वारेन्टाइनबाट घर फर्केको बताए । डब्ल्यूएचओका अनुसार उत्तर कोरियाले गत जनवरीमा चीनबाट कोरोना भाइरस परीक्षण किट्स ल्याएको थियो । डब्ल्यूएचओले पनि उत्तर कोरियामा पीपीई लगायत स्वास्थ्य सामग्री पठाएको थियो ।

अहिलेसम्म विश्वका दुई सय छ देश तथा क्षेत्रमा कोरोना भाइरसको प्रकोप फैलिइसकेको छ । उत्तर कोरिया, लेसोथो, ताजकिस्तान, तुर्कमेनिस्तान र यमनमा मात्र यो भाइरसका संक्रमित भेटिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment