+
+
Shares

स्पेनमा लगातार दोस्रो दिन पनि बढ्यो मृतकको संख्या

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २६ गते १८:१७

काठमाडाैं । स्पेनमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या बुधबार दोस्रो दिन पनि बढेको छ । बुधबार स्पेनको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा सात सय ५७ जनाको मृत्यु भएको छ ।

यससँगै स्पेनमा कोरोना भाइरसबाट समग्र मृत्यु हुने मानिसको संख्या १४ हजार पाँच सय ५५ पुगेको छ ।

मंगलबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या सात सय ४३ थियो । मन्त्रालयले सर्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या पनि छ हजार एक सय ८० ले बढेको छ । यससँगै समग्र संक्रमितको संख्या पनि एक लाख ४६ हजार छ सय ९० पुगेको छ । स्पेनमा कोरोना भाइरसबाट दैनिक मृत्यु हुनेको संख्यामा कमी आइरहेको अवस्थामा मंगलबारबाट पुनः बढ्न शुरु गरेको हो ।

चीनको वुहानबाट विश्वभर फैलिएको कोरोना भाइरसको कारण अहिलेसम्म विश्वभर १४ लाख नाघिसकेको छ । त्यस्तै यो भाइरसबाट विश्वभर ८३ हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?