
२७ चैत, कोहलपुर । बाँकेको कोहलपुरमा बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पीडित बालिकाको परिवारले दिएको किटानी जाहेरीका आधारमा कोहलपुर -११ निवासी २० वर्षीय आकाश मल्ललाई बुधबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।
उनका अनुसार गत आइतबार साँझ कोही नभएका समयमा घोराही – ६ घर भई कोहलपुर, एकता नगर बस्दै आएका १९ वर्षीय अङ्कित गिरीले काम छ भन्दै मल्लका घरमा बोलाएर दुवै जनाले बलात्कार गरेको पीडितले सोमबार प्रहरीसमक्ष दिएको बयानमा उल्लेख छ ।
अभियुक्त गिरी भने फरार रहेको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण गरी घटनाबारे अनुसन्धान सुरु गरिएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4