+
+

साउदी गठबन्धनद्वारा यमनमा युद्धविरामको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २७ गते १०:०४

काठमाडौं । यमनमा हुथी विद्रोहीसँग लडिरहेको साउदी गठबन्धनले दुई साताको लागि युद्धविरामको घोषणा गरेको छ ।

बीबीसीका अनुसार बिहीबारदेखि यो युद्धविराम कार्यान्वयनमा आउनेछ । संयुक्त राष्ट्रसंघले युद्ध रोक्न गरेको प्रयासलाई सहयोग गर्दै साउदी गठबन्धनले युद्ध विरामको घोषणा गरेको हो ।

पश्चिमा मुलुकहरुको सहयोग पाएको साउदी गठबन्धनले इरानसँग निकट हुथी फोर्ससँग सन् २०१५ को मार्चयता युद्ध लडिरहेको छ । हुथीले पनि युद्धविरामलाई मान्ने वा नमान्ने भन्ने विषयमा भने स्पष्ट हुन सकेको छैन ।

गत महिना राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले कोरोना भाइरस (कोभिड-१९)को महामारी नियन्त्रणको लागि सहयोग गर्न युद्धविरामको आग्रह गरेका थिए ।

आन्तरिक युद्धको कारण प्रभावित बनेको यमनको अवस्थालाई अहिले विश्वको सबैभन्दा कमजोर मानव संकटको रुपमा व्याख्या गरिएको छ । यहाँको युद्ध रोक्न राष्ट्रसंघले प्रयास गर्दै आएको थियो ।

तर, पहिलोपटक साउदी गठबन्धनले मुलुकभर युद्धविरामको घोषणा गरेको हो । हुथी मुभमेन्टका प्रवक्ता मोहम्मद अब्दुलसलामले आगामी दिनमा राष्ट्रसंघमा युद्ध अन्त्य गर्न यमनलाई बन्द गर्न आफ्नो प्रस्ताव पेश गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?