Comments Add Comment

प्रत्येक जिप्रकालाई प्रदेश २ सरकारले ५ लाख उपलब्ध गराउने

२७ चैत, जनकपुरधाम । प्रदेश २ सरकारले प्रत्येक जिल्ला प्रहरी कार्यालय (जिप्रका)लाई ५ लाख रूपैयाँका दरले प्रदान गर्ने भएको छ । कोरोना भाइरस (कोभिड १९) महामारी रोकथामविरुद्व खटिएका प्रहरीको मनोबल उच्च बनाउन प्रदेश २ का ८ वटै जिप्रकालाई यो रकम प्रदान गर्न लागिएको प्रदेश सरकारले जनाएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशअन्तर्गतका आठ वटै जिल्ला प्रहरी कार्यालयलाई पाँच लाख रूपैयाँका दरले उपलब्ध गराउने भएको हो । प्रहरीको न्यूनतम आवश्यकता पूर्तिका लागि यो रकम दिन लागिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए ।

उनका अनुसार प्रदेशमा रहेको पाँच वटा कारागारमा क्षमताभन्दा बढी कैदी रहेको हुँदा त्यहाँ कोरोनाबाट जोगिने उपायहरु अवलम्बन गर्नका लागि प्रत्येक जेललाई २०/२०लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

चार अस्पतालको स्तरोन्नति

मन्त्रिपरिषद् बैठकले कोरोना महामारी नियन्त्रणको लागि प्रदेश सरकारले विभिन्न चार वटा अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको छ ।

पर्सा, धनुषा र सप्तरीमा ५०-५० बेडको अस्पतालमा परिणत गर्ने निर्णय गरेको हो । पर्साको पोखरीया, धनुषाको डुमरिया र सप्तरीको भारदह स्थित अस्पताललाई जिल्ला अस्पतालको रुपमा स्तरोन्नति गर्ने निर्णय गरेको छ ।

बाराको कलैया स्थित जिल्ला अस्पताल र महोत्तरीको जलेश्वर स्थित अस्पतालाई विशेष अस्पतालको रुपमा स्तरोन्नति गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment