Comments Add Comment

मस्तिष्कको क्षमता कसरी बढाउने ?

अक्सर हामी शारीरिक स्वास्थ्यको कुरा गर्छौं । शारीरिक क्रियाद्वारा भित्री तथा बाहिरी अंगहरु सक्रिय बनाउँछौं । मस्तिष्कलाई कसरी स्वस्थ राख्ने भन्ने कुरामा त्यती ध्यान दिदैनौं ।

हुन त कतिपय शारीरिक गतिविधिले मस्तिष्कलाई फाइदा पु¥याइरहेको हुन्छ । यद्यपि मस्तिष्कलाई नै लक्षित गरेर त्यस्ता के गर्न सकिन्छ, जसले मस्तिष्कको क्षमता विकास गरोस् । मस्तिष्कको व्यायाम गर्ने केही विधी छन् । जस्तो कुनैपनि गणियित हल गर्ने, केही बस्तु हेर्ने र आँखा चिम्लेर त्यसलाई स्मरण गर्ने । चेस जस्ता गेम खेल्ने । प्राणायाम गर्ने ।

स्वस्थ्य मस्तिष्कका लागि खेल्नु तथा गीत–संगीत सुन्नु आवश्यक छ । मस्तिष्कसँग सम्बन्धित त्यस्ता गतिविधिहरुले तनाव कम गर्न सहयोगी भूमिका खेल्छ ।

हामीले हरेक दिनको सुरुवात नै मस्तिष्कका लागि आवश्यक क्रियाबाट गर्न सकिन्छ । जस्तो, कुनै गणितिय अभ्यास, पढाई इत्यादि । यस्ता गतिविधिलाई हरेक दिन बिहान गर्नाले मस्तिकको क्षमता बढ्ने त छँदैछ, तनावमुक्त पनि भइनेछ ।

बिहानको पढाई

भनिन्छ, पढ्नु भनेको दिमागलाई उत्तेजित गर्नु हो । हाम्रो अनियमित कामको तालिकामा समेत केही समय पढ्नाले दिमागलाई आराम प्राप्त हुन्छ । त्यसका लागि बिहान पढ्ने बानी बसाल्नु पर्छ । जे मन लाग्छ त्यहि र जति समय मन लाग्छ त्यति पढ्नु पर्छ तर पढ्नु आवश्यक छ । पढ्ने भन्नाले जे पनि हुन सक्छ किताब, पत्रिका,म्याग्जिन अथवा अनलाईन न्युज ।

ध्यान र मौन

तपाईंलाई दिनभरीका लागि शान्ति प्राप्त होस् भन्नाका लागि केही माइन्ड फुलनेस एक्सरसाइज गर्नु अति नै आवश्यक छ । ध्यानले एकाग्रता र तपाईंको चिन्ता कम गर्न सहयोग गर्छ । ध्यानले तपार्इंलाई एक कदम पछाडि लैजान्छ र तपाईं र तपाईंको वरपर भएका कुराहरुको बारेमा बढी जागरुक गराउँछ ।

मस्तिष्कको स्वास्थ्यलाई विकसित गर्नका लागि यस गतिविधिमा भरोसा गर्नु पर्छ । त्यसका लागि तपाईंले दिनहुँ एउटा शान्त स्थानमा बसेर ध्यान गर्नु पर्छ ।

संगीत

पृष्टभूमीमा कुनै मधुर संगीत बजाउनु पर्छ र शान्ति भएर सुन्नु पर्छ । मधुर संगीत सुन्दा पनि मस्तिष्कलाई फाइदा पुग्छ ।

मधुर धुनले मस्तिष्कलाई पनि आरम दिलाउँछ । विशेषज्ञका अनुसार शास्त्रीय संगीतलाई सुन्नु भनेको विशेष रुपले, कुनै व्यक्तिको दीर्घकालिन सोच्ने क्षमतालाई बढाउन सक्छ ।

चुनौतीपूर्ण खेल

बिहान आफ्नो मस्तिष्कलाई केही तर्कमा आधारित खेलबाट चुनौती दिनु पर्छ । ती चुनौतीपूर्ण खेलहरुले मस्तिष्कको व्यायाम हुन्छ ।

शारीरिक व्यायाम

शारीरिक रुपले सक्रिय हुुनु मस्तिष्कको स्वास्थ्यका लागि ठुलो काम गर्छ । विगतमा गरिएको सर्वेक्षण अनुसार व्यायाम मस्तिष्क रसायन विज्ञानलाई परिर्वतन गर्छ । यसले मस्तिष्कलाई रक्त र अक्सिजनलाई पम्प गर्न पनि सहयोग गर्छ । त्यसैले बिहान उठेर अथवा राती सुत्नु अगाडिसम्म योगा गर्नु आवश्यक छ । त्यसको साथै केही  खेलहरु पनि खेल्न आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment