Comments Add Comment

दराज र बिगमार्टको साझेदारी, आवश्यक वस्तु उपत्यकाभित्र होम डेलिभर गर्ने

दराजले बिग मार्टसँग साझेदारी गरी आवश्यक वस्तुहरू काठमाडौं उपत्यकाभित्र डेलिभर गर्ने घोषणा गरेको छ । उक्त साजेदारी र सरकारको अनुमतिका साथ दराज र बिगमार्टले लकडाउनमा ग्राहकहरुको घर ढोकामा दैनिक आवश्यक वस्तुहरू जतिसक्दो चाँडो पूर्याउन तयारी गरेका छन् ।

साझेदारीको रूपमा, दाराजको डीमार्ट नामक किराना खण्ड बिगमार्टको अनलाइन शाखामा रूपान्तरण हुनेछ । त्यहाँ, ग्राहकहरूले बिगमार्टमा उपलब्ध आवश्यक उत्पादनहरू पाउनेछन् साथै बिगमार्ट मार्फत उपलब्ध अफरहरूको पनि आनन्द लिन सक्नेछन् ।

साथै ग्राहकहरूले दराज को सनराइज बैंक, सानिमा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक र कुमारी बैंक पार्टनरहरूको डेबिट र क्रेडिट कार्ड प्रयोग गरि १० प्रतिशत अधिकतम रु ५०० को छूट पाउन सक्नेछन् ।

दराजमा बिगमार्टका सामानहरू दाराज एप वा वेबसाइट को गृहपृष्ठ र होमपेजमा सजिलै भेट्न सकिन्छ । बिगमार्टको बलियो आपूर्ति चेन र विक्रेताहरूसँगको गहिरो सम्बन्धका कारण ग्राहकहरूले उच्च गुणस्तरको आवश्यक उत्पादनहरूको आशा गर्न सक्दछन् । यसका साथै दराजको अनुभव र संसाधनहरूले उत्पादहरू समयमै सुरक्षित तरिकाले डेलिभर गराउने कुरा सुनिश्चित गर्दछ ।

यो एक दीर्घकालीन साझेदारी हो जसमा दुबै कम्पनीहरूले देश भरका ग्राहकहरूका लागि सुविधाजनक सेवा दिन उनीहरूको विशेषज्ञता र स्रोतहरूको पूरा उपयोग गर्ने लक्ष्य राखेका छन् । हालै काठमाडौं उपत्यका भित्र मात्र डेलिभरी गर्ने भएपनि कम्पनीले चाँडै नै देशका अरु स्थानहरुमा पनि डेलिभरी सुविधा र्पुयाउने आशा राखेको छ ।

भविष्यमा, ग्राहकहरूले अझै धेरै उत्पादनहरुका साथ थप डेलिभरी लोकेशन तथा समय समयमा निःशुल्क वितरण जस्ता थपिएका सेवाहरूको आनन्द पनि लिन सक्दछन् ।

सुरक्षित डेलिभरी सुनिश्चित गर्न, दराजको डेलिभरी राइडरहरूले उत्तम स्वच्छता अभ्यासहरु अपनाएका छन साथै नियमित रूपमा टेम्प्रेचर जाँच पनि गरीन्छ । साथै सुरक्षित शपिंग अनुभव ग्यारेन्टी गर्न सबै ग्राहकहरुलाई भनि ह्यान्ड सेनिटाइजर हुनेछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment