Comments Add Comment

फ्रान्समा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३ हजार नाघ्यो

२९ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट फ्रान्समा मृत्यु हुनेको संख्या १३ हजार नाघेको छ ।

शुक्रबार फ्रान्सले पछिल्लो एक दिनमा यसबाट नौ सय ८७ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार आईसीयूमा बिरामीको संख्या भने लगातार दोस्रो दिन पनि घटेको छ ।

यससँगै फ्रान्समा अहिलेसम्म यो भाइरसको कारण मृत्यु हुने मानिसको समग्र संख्या १३ हजार एक सय ९७ पुगेको स्वास्थ्य अधिकारी जेरोम सालोमोनले बताए ।

शुक्रबार आईसीयूमा रहेका बिरामीको संख्या घटेसँगै यसलाई एक आशाको किरणको रुपमा हेरिएको छ । अहिलेसम्म फ्रान्समा एक लाख २४ हजारभन्दा बढी संक्रमित देखिएका छन् । फ्रान्स संक्रमितको हिसाबमा यूरोपमा स्पेन र इटालीपछि सबैभन्दा बढी प्रभावित मुलुक हो । अहिलेसम्म फ्रान्समा २४ हजारभन्दा बढी संक्रमितहरु निको भएर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment