Comments Add Comment

ब्राजिलमा एक सातामै कोरोनाबाट मृत्यु हुनेको संख्या तेब्बर

काठमाडौं । ब्राजिलमा एकै सातामा कोरोना भाइरस (कोभिड–१९) को कारण मृत्यु हुने मानिसको संख्या करिब तेब्बर बनेको छ । ब्राजिलका स्वास्थ्य अधिकारीले दिएको जानकारी अनुसार अप्रिल ३ मा ब्राजिलमा भाइरसको कारण तीन सय ५९ जनाको मृत्यु भएको थियो । तर, अप्रिल १० सम्म आइपुग्दा भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार ५६ पुगेको हो ।

सीएनएनका अनुसार अहिलेसम्म ब्राजिलमा भाइरसका संक्रमितको संख्या पनि १९ हजार सात सय ८९ पुगेको छ । ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले मुलुकमा भाइरस नियन्त्रणको लागि सामाजिक कडाइको विपक्षमा देखिँदै आएका छन् । उनले निरन्तर अर्थतन्त्रमा नकारात्मक असर पार्न सक्ने भन्दै सामाजिक कडाइको विपक्षमा वकालत गर्दै आएका छन् । उनले महामारीभन्दा पनि त्यसले पार्ने आर्थिक संकट ठूलो हुने बताउँदै आएका छन् । यसअघि उनले कोरोना भाइरसलाई सामान्य फ्लु भएको संज्ञा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment