Comments Add Comment

गुल्मीका स्थानीय तह र स्वस्थ्यकर्मीलाई ३ सय थान पीपीई सहयोग

२९ चैत, गुल्मी । पछिल्ला सयम कोरोना संक्रमणको जोखिम अझै बढ्दै गएको छ । तर जिल्लामा काम गर्ने स्वास्थ्यकर्मीहरु व्यक्तिगत सुरक्षा उपकरण -पीपीई)को अभावमा जोखिम मोलेरै स्वास्थ्य सेवा प्रवाह गर्न बाध्य छन् । यो समयमा गुल्मी जिल्लाका स्थानीय तह र स्वास्थ्य कर्मीलाई पीपीई सहयोग भएको छ ।

गुल्मी जिल्लाका स्थानीय तह र स्वास्थ्य कर्मीलाई पीपीई सहयोग भएको छ । गुल्मी क्षेत्र नं २ का संासद तथा पूर्व मन्त्री गोकर्ण बिष्टको पहलमा जिल्लाका लागि ३ सय थान पीपीई स्थानीय तह र स्वस्थ्यकर्मीलाई हस्तातरण गरिएको हो ।

विश्वव्यवापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण सतर्कता अपनाउनको लागि प्रदेश ५ का सांसद दिनेश पन्थी, जिल्ला समन्य प्रमुख लक्ष्मण पराजुली, प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले स्थानीय तहका प्रमुखहरुलाई हस्तातरण गरेका थिए ।

कोरोना संक्रमणका बेला जिल्लामा पीपीई अभाव भइरहेको बेला सहयोग गरेकोमा पूर्व मन्त्री एबम् सांसद बिष्टलाई जिल्लाका प्रमुख जिल्ला अधिकारी शर्माले धन्यवाद दिए ।

जिल्लाभर रहेका स्थानीय तहहरुलाई प्रति २० थान र गुल्मी अस्पतालका लागि ६० थान पीपीई हस्तातरण गरिएको थियो । पीपीई सहयोगले सवैलाई उर्जा थपेको बताउँदै आगामी दिनमा पनि यस्तै सहयोगको आबश्यक रहेको गुल्मी अस्पतालका डक्टर उत्तम पच्याले बताए ।

पीपीई हस्तातरण गर्दै छत्रकोट गाउँपालिका प्रमुख मधुकृष्ण पन्तले बिश्वभर महामारी चलिरहेका बेला भएको यो सहयोगले जिल्लाका स्वस्थ्यकर्मीहरुको मनोबल उच्च बनाउने काम गरेको बताए । जिल्लामा यो सामग्री नभएका कारण काममा जोखिम भएको भन्दै चिकित्सकहरु र एम्बुलेन्स चालकहरुमा मनौबैज्ञानिक त्रास सिर्जना भएको थियो ।

कोरोना संक्रमणको रोकथाम र उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुको मनोवल उच्च बनाउन निकै कसरत गरेर पिपिइ पठाइएको सांसद गोकर्ण बिष्टले बताए । उनले सवै पिपिइ प्रमुख जिल्ला अधिकारी मार्फत आवश्यकताको आधारमा जिल्लाका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीसम्म पुर्‍याउने बताए ।

बिष्टको सचिवालयले जिल्लाका स्थानीय तहहरुसँग समन्वय गरेर सहयोग गरिरहेको छ । स्वास्थ्य सामग्रीको चरम संकटका बेला पनि गुल्मी क्षेत्र नं २ का विभिन्न स्थानीय तहहरुमा एक सय ८० सेट पिपिई, ८० थान सेनिटाइजर, १५ थान ठुलो सेनिटाइजर, थर्मलगन र माक्स लगायतका आवश्यक स्वास्थ्य सामग्री खरिद गरेर पठाएको पूर्वमन्त्री गोकर्ण बिष्टका प्रेस सल्लाहकार मदन खनालले बताए ।

सांसद बिष्टले जिल्लाको लागि ५० थान ज्वारो नाप्ने थर्मलगन, २५ हजार सर्जिकल माक्स र अन्य स्वस्थ्य सामाग्रीहरु पनि पठाउने तयारी भइरहेको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment