+
+
Shares

रंगेली नगरपालिकाले राहत वितरणमा झेल गरेको विपन्नको गुनासो

प्रमुख भन्छन्- बदनाम गराउन चामलको बोरा दुलो पारियो

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २८ गते २०:४४

२८ चैत, विराटनगर । मोरङको रंगेली नगरपालिकाले तोकिएकोभन्दा कम तौलको राहत सामग्री उपलब्ध गराएको गुनासो विपन्न परिवारले गरेका छन् ।

लकडाउनका कारण प्रभावित बनेका विपन्न समुदायलाई रंगेली नगरपालिकाले वितरण गरेको राहतमा तोकिएभन्दा कम तौल पाइएको उनीहरुले गुनासो गरेका हुन् । नगरपालिकाले १५ किलो चालम, दुई किलो दाल, एक केजी नुन, एक केजी चिनी, खाने तेल एक लिटर र दुई वटा साबुन वितरण गरिरहेको छ ।

तर, सर्वसाधारणले भने तोकिएअनुसारको राहत पाएका छैनन् । चामल, दाल, चिनी नै कम भेटिएको स्थानीय अमिस कोइरालाले बताए । नगरपालिकाले प्याक गरेको राहत प्याकेजमा चामल, दाल र चिनीको तौल तोकिएभन्दा कम राखिएको उनले बताए ।

नगरपालिकाले बाँडेको राहत कम भएको गुनासो आएपछि आफूले तौलिएको उनले बताए । तौल गर्दा राहत सामग्री थोरै भेटिएको उनले बताए । ‘तोकिएकोभन्दा कम राहत सामग्री बाँडिएको रहेछ ’ उनले भने ‘पाएको खाद्यान्न तौल गर्दा कम भेटियो ।’

रंगेली नगरपालिकाले आठ हजार सात सय ६८ घर परिवारलाई राहत वितरण गरिरहेको छ ।

प्रमुख भन्छन्- बदनाम गराउन चामलको बोरा दुलो पारियो

नगरपालिकाले वितरण गरेको राहत थोरै भेटिएपछि रंगेली नगरपालिकाका मेयर दिलीप बगडियाले आफ्नो बदनाम गर्न खोजिएको बताएका छन् ।

‘गुनासो आएपछि राहत वितरण गरिएको स्थानमा गएर अनुगमन गरेको बताउँदै उनले भने ‘बदनाम गराउन चामलको बोरा दुलो पारेर कम देखिएको भिडियो बनाइयो ।’

मिलबाट नै चामल तौलिएर आएको बताएका उनले दालमा तौल तलमाथि भएको स्वीकार गरे । ‘दाल मगले भरेका कारण कतै धेरै कतै थोरै छ,’ उनले भने, ‘मगले भरेको कुरा सर्वदलीय संयन्त्रको छलफलमा भनिसकेको छु ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?