
केही दिन अगाडि अमेरिकी सरकारले नेपालबाट विमान चार्टड गरेर ३०३ जना अमेरिकी नागरिकलाई आफ्नो देश फिर्ता लगेको थियो ।
अमेरिका फर्किने नागरिकहरुको भीडमा नायक सरोज खनाल पनि थिए । जसले केही वर्ष अगाडि अमेरिकाको सम्पूर्ण सुख सुविधा त्यागेर नेपाल फर्किएको घोषणा गरेका थिए ।
सरोज अमेरिकी नागरिक हुन् । उनीसँग अमेरिकाको नागरिकता छ । सरोज अमेरिका हानिएपछि उनको चर्को आलोचना भयो ।
उनै, सरोजले अमेरिका पुगेपछि आफू यस्तो अवस्थामा परिवारसँग नै समय बिताउन उचित ठानेर अमेरिका आएको उल्लेख गरेका छन् ।
परिवारसँग रमाउँदै गरेको तस्वीर पोष्ट गर्दै उनले जसले जे भनेपनि आफूलाई परिवारसँग नै समय बिताउन मन लागेको उल्लेख गरेका हुन् । उनले जे पर्ला सोही टर्ला भनेर पनि उल्लेख गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4