+
+
Shares

२२ वर्षे काइली विश्वकै धनी युवास्टार

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २८ गते १२:४९

विश्वका धनी मानिसहरुको सूची सार्वजनिक गर्दै आएको म्यागेजिन फोब्र्सले मंगलबार अर्बपतीहरुको नाम सार्वजनिक गरेको छ । जसमा, लगातार दोश्रो पटक टीभी स्टार काइली जेन्नर पहिलो स्थानमा छिन् ।

आफ्नै मिहिनेतले काइली सानो उमेरमा नै विश्वकै धनाढ्य यूवा स्टारको सूचीमा छिन् ।

काइली टेलिभिजनसँगै कस्मेटिकको व्यवसाय पनि गर्छिन् । उनको कुल सम्पत्ती एक सय करोड डलर रहेको बताइएको छ । काइली गतबर्ष पहिलो पटक विश्वकै अर्वपत्तीको सूचीमा अटाएकी थिइन् ।

उनले, गतबर्ष काइली कस्मेटिक्सको ५१ पतिशत शेयर ब्यूटी कम्पनी कोटीलाई वेचेकी थिइन् । उनले ६० करोडमा शेयर बेचेकी हुन् ।
सन २०१४ मा काइलीले कस्मेटिक व्यापार सुरु गरेकी थिइन् । उनले वेवसाइटको माध्यमबाट कस्मेटिक सामान बेच्दै आएकी छिन् ।

सन २०१८ मा काइली पहिलो पटक फोब्र्सको सूचीमा अटाएकी थिइन् । जतिबेला उनको कुल सम्पत्ती ९० करोड डलर थियो ।

काइलीले आफूलाई कस्मेटिक बजारमा विश्वास भएपनि कहाँसम्म पुग्छु भनेर नसोचेको बताएकी छिन् । विश्वभरका २०९५ अर्बपतीमध्ये ३० बर्ष भन्दा तलको उमेरका युवाहरुको संख्या १० मात्र छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?