Comments Add Comment

१०२ वर्षअघि यसरी फैलिएको थियो महामारी

कोरोनाले अहिले एउटा भेग, मुलुकलाई मात्र होइन, सम्पूर्ण मुलुकलाई तर्साइरहेको छ । यो भाइरसले विश्वको परिदृश्य नै परिवर्तन गरिदिएको छ । समग्र मानव जाति अहिले कोरोनासँग जुधिरहेका छन् ।

यस्तै भाइरस सन् १९१८ मा पनि फैलिएको थियो, जसलाई स्पेनिश फ्लु भनियो ।

त्यस समयमा यसको संक्रमण जति तिब्र गतिमा फैलिएको थियो र जति मानिसहरुको मृत्यु भएको थियो, त्यसले सम्पूर्ण संसारलाई स्तब्ध बनाइदिएको थियो । १०२ वर्ष अगाडिको उक्त स्पेनिश फ्लूको महामारीबाट पृथ्वीका एक तिहाई जनसंख्या यसको चपेटामा आएका थिए । त्यो बेला  कम्तिमा पांँच देखि दश करोड मानिसहरुको मृत्यु उक्त फ्लका कारणले भएको थियो ।

भारतका प्रख्यात लेखक तथा कवि सुर्यकान्त त्रिपाठी निरालाकी श्रीमती सहित उनको परिवारका धेरै सदस्यहरुले त्यही रोगका कारण ज्यान गुमाएका थिए ।

उनले पछि घटनामा आफ्नो परिवारको सदस्यहरु कसरी आफ्नो आँखाबाट ओझेल भए भन्ने कुरा लेखेका थिए । भारतको गंगा नदी शवहरुले भरिएको थियो । चारैतिर यति धेरै शव थिए, ती शवहरु जलाउनका लागि दाउरा कम भएको कुरालाई पनि उनले उल्लेख गरेका थिए । स्थिति त्यो समयमा झन् धेरै बिग्रन पुगेको थियो,  जब पानी नपरेर सवैतिर सुख्खा भयो र अनिकाल जस्तो स्थिति उत्पन्न भयो  ।

खानेकुराको चरम अभाव हुन थाल्यो । खान नपाएर यसले गर्दा धेरै मानिसहरुको रोग प्रतिरोधक क्षमता कम हुन पुग्यो । महंगी बढ्यो । शहरहरुमा भिड बढ्न थाल्यो र भिडका कारण विरामी हुनेको संख्या झन बढ्न थालेको थियो ।

त्यति बेलामा चिकित्सकीय व्यवस्थाहरु अहिलेको तुलनामा धेरै कम थियो । हुन त आज पनि कोरोना भाइरसको उपचार पत्ता लागेको छैन, तर वैज्ञानिकहरुले कोरोना भाइरसको जीन म्यापिङ गर्न सफल भने भएका छन् । यहि आधारमा वैज्ञानिकहरुले यसको खोप बनाउने दावी गरिरहेका छन् ।

सन् १९१८ मा जब त्यो फ्लू फैलिएको थियो, त्यतिबेला एन्टिबायोटिकको चलन त्यति धेरै थिएन । गम्भिर रुपले विरामीको उपचार गर्नका लागि  त्यति धेरै मेडिकल उपकरणहरु पनि समावेश थिएन । प्रायः मानिसहरु घरेलू उपचारमा विश्वास गर्थे ।

त्यो महामारीबाट के सिक्ने ?

यी दुबै महामारी फैलनुबीचमा एक शताब्दीको अन्तर भएता पनि दुबै रोगबीचमा विभिन्न समानताहरु पनि देखिन्छ । हामीले धेरै आवश्यक कुराहरु त्यो फ्लूको अनुभवबाट सिक्न सम्भव छ । त्यो बेलामा पनि मानिसहरुलाई अहिले जस्तै बारम्बार साबुन पानीले हात धुनका लागि सम्झाइएको थियो । त्यस्तै एक–अर्कासँग उचित दूरी बनाउन भनिएको थियो । सामाजिक दुरीलाई त्यो समयमा पनि अति नै महत्वपूर्ण मानिएको थियो । अहिलेको जस्तो लकडाउनको स्थिति त्यो समयमा पनि थियो र आज त्यहि स्थिति पुनः दोहोरिएको छ ।

स्पेनिश फ्लुबाट पाठ सिकेर आज हामीले सजगता अपनाउनुपर्ने हुन्छ । कसरी संभावित भयबाट बच्त आत्म अनुशासन पालना गर्ने ? कसरी खानेकुरा जतन र जोहो गर्ने ?

कस्तो थियो लक्षण ?

स्पेनिश फ्लूको चपेटामा आएका बिरामीलाई ज्वरो आउने, हड्डी दुख्ने, आँखा दुख्ने जस्ता समस्या थियो । यसका कारणले धेरै मानिसको मृत्यु भयो । यो पनि एक ठाउँबाट अर्को ठाउँमा फैलिएको थियो ।

संसारका अधिकांश देशमा फैलिएको यो रोगले भारतको मुम्बाई शहरमा महामारीको रुप लिएको थियो । संसारभरीमा यो रोगबाट मर्नेहरुको ठुलो संख्यामा भारत पाँचौं देश थियो । केही समयपछि आसाममा यो गम्भिर फ्लूको एउटा खोप तयार गरिएको थियो, जसले कथित रुपमा हजारौं विरामीलाई खोप लगाईएको थियो । जसका कारण यो विरामीलाई नियन्त्रण गर्न  केही हदसम्म सफलता प्राप्त भएको थियो ।

सन् २०१२ को एउटा रिपोर्ट अनुसार यो रोग पनि एउटा देशको मानिस अर्को देशमा आउने–जाने हुँदा यो फ्लूको संक्रमण फैलिएको भन्ने कुरा पत्ता लागेको थियो ।

अहिले पनि चीनको वुहान प्रान्तबाट शुरु भएको कोरोना भाइरस संसारको प्रायः सबै देशहरुमा फैलिसकेको छ । यसको संक्रमणका कारण आज मृत्यु हुनेको संख्या करिव ९१ हजार पुगिसकेको छ भने लाखौं मानिसहरु यसबाट संक्रमित भएका छन् । अहिले हरेक व्यक्ति यस भाइरसबाट आफु र आफन्तलाई कसरी बचाउने भन्ने कोशिशमा लागि परेका छन् ।

त्यो समयमा पनि सरकारी र गैर सरकारी संगठनहरु तथा स्वयंसेवीको समुहहरु अगाडि बढेर मोर्चा सम्हालेका थिए । उनीहरुले स–साना क्याम्प बनाएर मानिसहरुको सहायता गर्न शुरु गरेका थिए । पैसा जम्मा गरेका थिए, लुगा र औषधि बाँढेका थिए । नागरिक समुहले मिलेर कमिटीहरु बनाएका थिए । त्यति बेला पहिलो पटक पढेलेखेका र समृद्ध परिवारका मानिसहरु गरिबको सहयताका लागि अगाडि बढेका थिए ।

आजको दिनमा पनि एउटा अर्को महामारी, एउटा त्यस्तो ठुलो संकट हामीबीचमा आएको छ । हामीले पनि करिव १०२ वर्ष पहिलेको त्यो फ्लू र त्यो बेला मानिसहरुले अपनाएको संमयताबाट धेरै कुरा सिक्नु पर्छ । अहिले बढ्दै गएको कोरोना भाइरसको समस्यालाई ध्यानमा राख्न आवश्यक छ र सबै मिलेर यस महामारीको लडाईमा अगाडि बढ्न जरुरी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment