+
+
Shares

प्रधानमन्त्रीका सल्लाहकार भट्टराई अस्पताल भर्ना

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २९ गते ९:५५

२९ चैत, काठमाडौं । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार तथा नेकपा नेता डा.राजन भट्टराईको मुटुमा अचानक समस्या आएपछि महाराजगन्जस्थित गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको छ ।

शुक्रबार राति नै स्वास्थ्यमा समस्या आएर उनलाई अस्पताल लगिएको थियो । मुटुको भल्भमा समस्या भएपछि उनको शल्यक्रिया गरिएको छ । शल्यक्रियापछि उनको अवस्था सामान्य भइसकेको पारिवारिक स्रोतले जनाएको छ ।

उनको दायाँतर्फको कोरोनरी आर्टरीको प्राइमरी एन्जिओप्लास्टी गरिएको र अहिले अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

भट्टराईको स्वास्थ्य अवस्थाबारे जानकारी लिन शनिबार बिहानै स्वास्थ्यमन्त्री भानुभक्त ढकालसहित प्रधानमन्त्रीका सल्लाहकारहरु अस्पताल पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?