Comments Add Comment

कोरोना संक्रमितको उपचार गर्ने धौलागिरि अस्पतालले पायो भेन्टिलेटर

२९ चैत, गलकोट । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारमा सहज पुर्‍याउनका लागि धौलागिरि अञ्चल अस्पताल बागलुङलाई तीन भेन्टिलेटर पठाएको छ । दुई जनामा कोरोना संक्रमित पुष्टि भएको बागलुङ नेपालकै उच्च जोखिमयुक्त जिल्लामा पर्छ ।

कोरोना संक्रमितलाई अहिले आइसोलेसन वार्डमा राखी उपचार गराइरहेको अञ्चल अस्पताललाई स्वास्थ्य मन्त्रालयले दुई र गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयले एक थान भेन्टिलेटर उपलब्ध गराएको अस्पतालले जनाएको छ ।

कोभिड-१९ का बिरामीलाई श्वासप्रश्वासमा समस्या हुँदा तत्कालै भेन्टिलेटरमा राख्नुपर्ने भए पनि हालसम्म अस्पतालमा भेन्टिलेटर थिएनन् ।

स्वास्थ्य सेवा विभागका वरिष्ठ ल्याब टेक्निसियन धनप्रसाद पौडेलले दुई आधुनिक भेन्टिलेटर मन्त्रालयका तर्फबाट अस्पताललाई हस्तान्तरण गरेको अस्पताल विकास समितिका सदस्य शालिग्राम शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment