+
+

पूँजीगत खर्च ५० प्रतिशतमै सीमित हुन सक्छ : पूर्वअर्थमन्त्री पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २९ गते १८:५८

२९, चैत, चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले चालु आर्थिक बर्षको पुँजीगत खर्च ५० प्रतिशतको हाराहारीमा रहन सक्ने बताएका छन् ।

चितवनको भरतपुरमा रहेको बोस्टन इन्टरनेशनल कलेजका विद्यार्थीलाई ‘गेस्ट लेक्चरर’ का रूपमा सम्बोधन गर्दै नेता पाण्डेले २२ प्रतिशतको हाराहारीमा रहेको पुँजीगत खर्च असारसम्म ५० प्रतिशतभन्दा माथि जान सक्नेमा आशंका व्यक्त गरे ।

केन्द्रीय तथ्यांक विभागले वैशाख ३ पछि लकडाउन खुलेमा १ खर्बको नोक्सान र संकट बढेमा थप ४ खर्बसम्म नोक्सान हुन सक्ने प्रक्षेपण गरेको छ । ‘यो लम्बिए क्षति पनि बढ्ने निश्चित छ, पर्यटन क्षेत्र दुई बर्षसम्म प्रभावित बन्न सक्छ’ नेता पाण्डेले भने ‘आर्थिक वृद्धिदर ८.५ लक्ष्य रहेकोमा २ देखि ३ प्रतिशतमात्र पुग्न सक्छ, असर बाँकी रहे भूकम्पको बेलामा जस्तै हुनसक्छ । चालु खर्चमा कट्टौती गर्न सरकारको ध्यान जानुपर्दछ ।’

आगामी आर्थिक बर्षको बजेटमा नयाँ योजना नल्याई पुराना राष्ट्रिय गौरवका आयोजना माथिल्लो तामाकोशी, मेलम्चीलाई सञ्चालनमा ल्याएमा अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने पाण्डेको सुझाव छ ।

कर्पोरेट क्षेत्रले बैंकमा राखेको निक्षेपको ब्याजदरलाई सरकारले ‘क्यापिङ’ गरी घटाउनुपर्ने भन्दै नेता पाण्डेले भने, ‘यसो हुँदा ब्याजदर कम हुन्छ, लगानीकर्ताहरु उत्साही बन्छन्, ब्याजदर धेरै घटाउँदा पनि निपेक्ष संकलनकर्ताहरु आकर्षित नहुने, बढी हुँदा लगानीकर्ता निरुत्साहित हुने हुँदा बीचबाट निकाश निकाल्नुपर्दछ ।’

कुल ग्रार्हस्थ उत्पादनमा २७ प्रतिशत योगदान रहेको कृषि क्षेत्र, पर्यटन, हवाई उड्यनको क्षेत्रमा परेको असरलाई कम गराउन सरकारले पेरियोडिकल योजना बनाई राहत दिनुपर्ने पाण्डेको धारणा छ । उनले नेपाललाई द्विपक्षीय राष्ट्रहरुले दिने सहयोगमा कमी भए पनि विश्व बैक, डीएफआईडी, आईएमएफ जस्ता निकायबाट आउने अनुदानमा कमी नआउने विश्वास व्यक्त गरे ।

सन् १९३० को महामन्दीपछि विश्वको अर्थतन्त्रको हालत यसपटक सबैभन्दा खराब बनेको नेता पाण्डेको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?