+
+
Shares

विशेष सेल्फी क्यामरायुक्त स्मार्टफोन ल्याउँदै सामसुङ

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २९ गते १९:३३

काठमाडौं । सामसुङले पछिल्लो पटक ग्यालेक्सी एस २० स्मार्टफोन लञ्च गरेको थियो । अब उसले विशेष स्मार्टफोन ल्याउने तयारी गरिरहेको छ ।

सामसुङको यो फोन पूर्ण रुपमा ‘भेजल लेस’ हुनेछ । अर्थात् स्मार्टफोनको डिस्प्लेमा सेल्फी क्यामराले ठाउँ ओगट्ने छैन र पूरै स्क्रिनभरी नै स्मार्टफोनको डिस्प्ले हुनेछ ।
सामसुङको उक्त स्मार्टफोनको नाम ग्यालेक्सी एस २१ वा ग्यालेक्सी एस ३० हुने बताइएको छ । उक्त स्मार्टफोनमा फुल-डिस्प्ले एक्सपेरियन्स दिनका लागि डिस्प्लेको भित्र सेल्फी क्यामरा राखिएको छ ।

यसरी यो स्मार्टफोन अण्डर डिस्प्ले सेल्फी क्यामरा हुने पहिलो स्मार्टफोन हुनेछ ।

स्मार्टफोन प्रविधिमा यो नयाँ प्रयोग कोशेढुंगा सावित हुने सामसुङको दाबी छ ।

यसअघि सामसुङले आफ्नो नोट २० वा ग्यालेक्सी फोल्ड २ मा यो प्रविधिको प्रयोग गर्नसक्ने बताइएको थियो ।

दुबै फोन यहीँ वर्ष लञ्च हुनेवाला छन् ।

यद्यपि अण्डर डिस्प्ले क्यामरा प्रविधिको तयारीमा रहेको सामसुङ एक्लो कम्पनी भने होइन । चिनियाँ कम्पनी ओप्पो र शाओमीले यसअघि नै यो प्रविधिको क्यामरा सहितको नमूना स्मार्टफोन सार्वजनिक गरिसकेका छन् । त्यस्ता हुवावेले पनि आफ्नो स्मार्टफोनमा यहीँ प्रविधिमा काम गरिरहेको बताइएको छ ।

विज्ञहरुले भने अण्डर डिस्प्ले क्यामरा प्रविधिमा क्यामराका लागि चाहिने पर्याप्त प्रकाशको अभाव नै सबैभन्दा ठूलो चुनौती हुनसक्ने बताएका छन् । जसका कारण सेल्फी क्यामराबाट खिचिने तस्वीर गुणस्तरीय हुनेछैन ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?