Comments Add Comment

आज बैंकका सबै शाखा कार्यालयहरु खुला रहने

३० चैत, काठमाडौं । आइतबार बैंकका शाखा कार्यालयहरु सबै खुला भएका छन् । तेस्रो त्रैयमासको अन्तिम दिन भएका कारण बैंकहरुले सबै शाखा कार्यालयहरु खुला राखेका हुन् ।

लकडाउनका बेला बैंकहरुले सेवा सुचारु नै राखे पनि सबै शाखा कार्यालयहरु भने खुला राखेका थिएनन् । कहिले कुन शाखाबाट त कहिले कुन शाखाबाट सेवा दिइरहेका बैंकहरुले आइतबार भने सबै शाखा कार्यालयहरु खुला राखेर काम गरेको नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले जानकारी दिए ।

आइतबार २०७६ सालको अन्तिम दिन समेत हो । तेस्रो त्रैयसमाका सम्पूर्ण हिसाबकिता (क्लोजिङ) का कामहरु गर्नै पर्ने भएका कारण बैंकहरुले सबै शाखा खोलेको कार्यकारी निर्देशक शर्माले जानकारी दिए ।

कोरोना भाइरस (कोभिड–१९) का कारण अप्ठेरोमा परेको भन्दै चैतमा तिर्नु पर्ने ऋण असारमा तिरे हुने गरी नेपाल राष्ट्र बैंकले सहुलियत प्याकेज ल्याएको छ । चैतमै तिरेको अवस्थामा भने ऋणिले ब्याजमा १० प्रतिशत छुट पाउनेछन् ।

ब्याजमा १० प्रतिशत छुट लिनका लागि आज अन्तिम दिन समेत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment