Comments Add Comment

५२ मुलुकका २२ हजारभन्दा बढी स्वास्थ्यकर्मी कोरोना संक्रमित

३० चैत, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वका ५२ मुलुकमा २२ हजारभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको बताएको छ ।

शनिबार सार्वजनिक गरिएको डब्ल्यूएचओको प्रतिवेदनले गत अप्रिल ८ सम्ममा विश्वभरका ५२ मुलुकमा २२ हजार ७३ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको बताएको हो ।

डब्ल्यूएचओका अनुसार अहिलेसम्म सबै मुलुकबाट स्वास्थ्यकर्मीलाई भएको संक्रमणको विषयमा यकिन जानकारी आउन नसकेको कारण यो संख्या अझै बढी हुन सक्ने डब्ल्यूएचओले बताएको छ ।

डब्ल्यूएचओले अहिले विश्वभरका स्वास्थ्यकर्मीले कोरोना भाइरसको नियन्त्रणको लागि महत्वपूर्ण भूमिका निभाइरहेको बताएको छ । कोरोना भाइरसबाट बच्न बिरामीको उपचारमा जाँदा संगठनले सिफारिस गरेको सुरक्षाको उपकरणको प्रयोग गर्न स्वास्थ्यकर्मीहरुलाई डब्ल्यूएचओले सुझाव दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment