Comments Add Comment

कोरोना टेस्टको रिपोर्ट नआउँदै आइसोलेसन वार्डबाट भागे  दुईजना

३० चैत, काठमाडौं । डडेल्धुरास्थित डडेल्धुरा अस्पतालको आइसोलेसन वार्डमा कोराना भाइरसको आशंकामा भर्ना भएका दुईजना भागेका छन् ।

शनिबार अपरान्ह उनीहरु अस्पतालबाट भागेका हुन् । अस्पतालकाअनुसार भाग्नेमा करिब ४० वर्षीया महिला र १९ वर्षीय पुरुष छन् ।

कोभिड-१९ को आशंकामा चैत २५ गते उनीहरु अस्पतालमा भर्ना भएका थिए । दुवै जनामा ज्वरो र सुख्खा खोकी पाइएपछि कोरोना संक्रमणको आशंकामा सोही दिन स्वाब परीक्षणका लागि नमूना संकलन गरेको अस्पतालले जनाएको छ ।

चैत २६ गते परीक्षणका लागि अस्पतालले दुवै जनाको स्वाब काठमाडौं पठाएको थियो ।अस्पतालले दिएको जानकारी अनुसार ७ जनाको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको भएपनि उनीहरुको मात्र रिपोर्ट आउन बाँकी छ ।

आइसोलेसन वार्डमा रहेका दुवै जनाले अस्पताललाई कुनै जानकारी नदिइ भागेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीशचन्द्र विष्टले अनलाइनखबरलाई जानकारी दिए . विष्टका अनुसार दुबै जनाको स्वास्थ्य अवस्था सामान्य नै थियो ।

अस्पतालबाट भागेका दुबै जना डडेलधुराको भागेश्वर गाउँपालिकाका भएको अस्पतालले जनाएको छ । उनीहरूको प्रहरी र गाउँपालिकाले खोजी गरिरहेको छ । दुवैको खोजीका लागि प्रहरी परिचालन गरिएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment