Comments Add Comment

चट्याङ लागेर खोटाङमा दुई जनाको मृत्यु, दुई जना घाइते

३० चैत, काठमाडौं । खोटाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

प्रहरीका अनुसार खोटाङको केपीलासगढी गाउँपालिका १ तोमाने बस्ने जितमान राईको घरमा शनिबार बुलेका परेको चट्याङले उनको १५ वर्षीय छोरा राजमणी राई र छिमेकी ३८ वर्षीया निर्मला विकको घटनास्थलमै मृत्यु भएको हो । चट्याङबाट निर्मलाको १४ वर्षीया छोरी मनकला बिक र ६ वर्षीय छोरा आसन बिक समेत घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेलतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

यस्तै शनिबार साँझ परेको चट्याङले संखुवासभामा पनि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचखपन नगरपालिका-२ रिठेगाउँ बस्ने ५२ वर्षीया डम्बर कुमारी राई रहेकी छन् । आँगनबाट घरभित्र पस्ने क्रममा अचानक चट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसअघि शनिबार दिउँसो चट्याङ् लागेर बाग्लुङमा एक जनाको मृत्यु भएको थियो । बागलुङ नगरपालिका-१३ गलुवा बस्ने २६ वर्षीय शंकर रिजालको चट्याङ् लागेर मृत्यु भएको थियो । आफ्नै घरमा बसेर खाजा खाइरहेको अवस्थामा अचानक चट्याङ् लागेर बेहोस भएका उनको धौलागिरी अञ्चल अस्पताल बाग्लुङमा उपचारको क्रममा मृत्यु भएको थयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment