+
+
Shares

सुदूरपश्चिम प्रदेश सांसदद्वारा कोरोना कोषमा सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ३० गते १६:५१

३० चैत, कैलाली । सुदूरपश्चिम प्रदेश सभाका सांसदहरूले प्रदेश सरकारले खोलेको कोरोना नियन्त्रण तथा रोकथाम कोषमा १५ दिनको पारिश्रमिक जम्मा गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरूले ८ लाख ४९ हजार ७५० रुपैयाँ जम्मा गरेको नेकपा सुदूरपश्चिम संसदीय दलका प्रमुख सचेतक तारा लामाले जानकारी दिए ।

नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका प्रदेश सांसदहरूले पनि कोषमा १५ दिन बराबरकै रकम जम्मा गर्ने निर्णय गरेका छन् । कांग्रेस सांसदहरूले २ लाख ८३ हजार ५ सय र राजपाका सांसदहरूको ५६ हजार ५ सय रुपैयाँ जम्मा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?