Comments Add Comment

महानगरको अस्थायी तरकारी बजार : न सामाजिक दुरी, न मास्क

३० चैत, काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालित अस्थायी तरकारी बजार व्यवस्थित नपाएको पाइएको छ ।

काठमाण्डौ महानगरपालिकाले कालीमाटी बजारमा बाहिरबाट भित्रिएका सबै तरकारी स्टोर गर्ने र थोक व्यापारीमार्फत विभिन्न ११ स्थानमा तोकेको बिक्री केन्द्रमा लगेर बिक्रीको प्रबन्ध मिलाउने भनिएको थियो । तर निर्णय भएको पाँच दिन बितिसक्दा पनि सबै स्थानमा तरकारी बिक्री सुरु भएको छैन ।

हाल तरकारी बिक्री भइरहेका कलंकी र स्वयम्भुको तरकारी बजार पनि व्यवस्थित छैन । तरकारी व्यापारीले महानगरले तोकेको स्थानभन्दा बाहिर रोडमै बसेर पनि तरकारी बिक्री गरिरहेका थिए । कालिमाटी तरकारी बजारबाट कलंकी जाने रोडको ठाउँ ठाउँमा व्यापारीले अव्यवस्थित रुपमा तरकारी बेचिरहेका थिए ।

आइतबार बिहान कंलकी तरकारी बजार पुग्दा झुण्डझुण्डमा मानिसहरुले तरकारी किनिरहेका थिए । न सामाजिक दुरी कायम गरिएको छ न मास्क नै लगाइएको छ । स्वयम्भुस्थित अर्को अस्थायी तरकारी बजारको अवस्था पनि उस्तै थियो ।

जबकी काटीमाटी तरकारी बजार प्रवेशद्वारमा साबुन पानी र स्यानिटाईजर राख्ने गरिन्थ्यो । तर कालीमाटीमा जोखिम बढ्यो भनेर महानगरले अन्यन्त्र सारेर सुरक्षित बनाएको भनिएको तरकारी बजारको अवस्था झनै नाजुक देखियो ।

बनस्थलीमा भने सामाजिक दुरी कायम गराइएको थियो । बनस्थलीमा सुरक्षाकर्मीको सहयोगमा एउटा मात्रै तरकारी बोक्ने गाडीबाट सामान झिकेर दुरी कायम गर्दै पालै पालो बिक्री वितरणको व्यवस्था मिलाएको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment