+
+
Shares

बुटवलको कोरोना विशेष अस्पतालमा आइसीयू सेवा  

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ३० गते १७:२०

३० चैत, बुटवल । बुटवल उपमहानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा धागो कारखानामा निर्माण गरेको कोरोना विशेष आइसोलेन अस्पतालमा भेन्टिलेटलरसहितको आइसीयू सेवा सुरु भएको छ ।

चारवटा भेन्टिलेटर र आठ वटा आइसियू बेड निर्माण भएका छन् । उक्त अस्पतलको आइतबार मुख्यमन्त्री शंकर पोखरेलले निरीक्षण गरेका छन् । त्यसअवसरमा बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी र अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराई र गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले अस्पतालका बारेमा जानकारी गराए ।

मुख्यमन्त्री पोखरेलसँगै पर्यटनमन्त्री लिला गिरी, सांसद दधिराम न्यौपाने, भूमिश्वर ढकाल, विष्णु पन्थी, दीपा बिश्वकर्मालगायतले निरीक्षण गरेका छन्  ।

यहाँका विभिन्न सामाजिक संघसंस्थाले अस्पताल निर्माणकार्यमा सहयोग र सहकार्य गरेको बुटवलका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

बुटवलको धागो कारखाना परिसरमा बुटवल उपमहानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा ५० बेडको कोरोना विशेष आइसोलेन अस्पताल निर्माण भएको छ ।

उक्त अस्पतालमा हालसम्म ३१ जनाको उपचार भएको छ । जसमध्ये ३० जना निको भएर डिस्चार्ज गरिएको डाक्टर राजेन्द्र खनालले जानकारी दिए ।

अस्पतालमा उपचार गराउन आएका बाबुराम थापा क्षेत्रीको उपचारका क्रममा मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?