Comments Add Comment

२०७६ सालको अन्तिम सूर्यास्त [फोटो फिचर]

३० चैत, काठमाडौं । भोलि नयाँ वर्ष । २०७६ सालको अन्तिम सूर्यास्त भइसकेको छ र हामी २०७७ सालको संघारमा छौं ।

नयाँ वर्षको पहिलो विहानीसँगै देश र देशवासीको नयाँ यात्रा प्रारम्भ हुने गर्छ । पुरानो वर्षका दुखहरु भुलेर, सुखहरु संगालेर नयाँ वर्षलाई स्वागत गर्दैछौं ।

त्यसो त विगतमा जस्तो यसपाली देशमा नयाँ वर्षको उमंग छैन । सिंगै विश्व कोरोना भाइरसको चपेटमा परिरहेको र नेपाल पनि यही त्रासबाट गुज्रिरहेको अवस्था छ । देशभरका जनता लकडाउनमा छन् ।

त्यसैले पनि कसैले पनि रमाइलोसँग नयाँ वर्ष मनाउने मुड छैन । यद्यपि, सामाजिक सञ्जाल, फोन र म्यासेजहरुमा शुभकामना आदानप्रदान भइरहेका छन् । प्रधानमन्त्रीले सबै नेपालीलाई बिहान आठ बजे एकसाथ नेपालको राष्ट्रिय गान गुञ्जाउन आह्वान गरेका छन् ।

हामी नेपालीमा के विश्वास छ भने नयाँ वर्षले देशमा नयाँ परिवेश ल्याउँछ र त्यो सुखद हुन्छ । २०७६ सालको अन्त्यतिर आइपुग्दा कोरोनाको अत्यासले सताइएका हामीहरु अर्को वर्ष यसबाट छुट्कारा पाउने आशामा छौ ।

हामीले नेपालीहरुको आस्था केन्द्र पशुपतिनाथ र स्वयम्भूलाई पृष्ठभूमिमा राखेर अन्तिम दिनको सूर्यास्तका केही तस्वीर कैद गरेका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment