Comments Add Comment

रामेछापमा कोरोनाको र्‍यापिड टेस्ट गरिँदै

१ वैशाख, रामेछाप । कोरोनाको आशंकामा क्वारेन्टाइनमा राखिएकाहरुको र्यापिड परीक्षण गरिने भएको छ ।

जिल्लाका ७ वटा पालिकामासो कार्य सुरु हुने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।

शर्माका अनुसार, क्वारेन्टाइन कक्षमा १४ देखि २१ दिन बसेका व्यक्तिहरूमा यो परीक्षण गर्न लागिएको हो । परीक्षणका लागि ३ जना प्राविधिकहरू परिचालन गर्ने निर्णय भएको छ ।

मन्थली नगरपालिकामा मंगलबारदेखि वैशाख ७ गतेसम्म परीक्षण गर्ने तयारी छ । त्यसैगरी, रामेछाप नगरपालिकामा वैशाख २ र ३ गते, खाँडादेवी गाउँपालिकामा वैशाख ५ गते, सुनापति गाउँपालिका वैशाख ६ गते तथा दोरम्बा गाउँपालिकामा वैशाख ७ र ८ गते परीक्षण गरिने छ ।

यस्तै, लिखुतामाकोसी गाउँपालिकामा वैशाख २ गते, गोकुलगंगा गाउँपालिकामा वैशाख ४ र ५ गते परिक्षण गर्ने कार्यक्रम रहेको प्रजिअ शर्माले बताइन् । जिल्लाको उमाकुण्ड गाउँपालिकामा भने अहिले र्यापिड टेष्टको कार्यक्रम रहेको छैन ।

जिल्लामा हाल १ सय ८४ वटा पीपीई उपलब्ध छन् । ५८ वटा आइसोलेसन कक्ष र २ सय ९१ वटा क्वारेन्टाइन कक्षहरु स्थापना गरिएका छन् । जिल्लामा हाल विभिन्न पालिकामा ६७ जना होम क्वारेन्टाइनमा बसेका छन् ।

सवै पािलकाहरूमा मापदण्डअनुसारका क्वारेन्टाइन स्थापना गरी देशबाहिबाट आएकाहरुलाई अनिवार्य रूपमा क्वारेन्टाइना राख्न लगाउने तथा हरेक पालिकामा कम्तीमा पनि एउटा एम्बुलेन्स सधैं तयारी अवस्थामा राख्न लगाउने समेत निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment