Comments Add Comment

बुटवलमा अलपत्र ७५ जना मजदुरको उद्दार

१ वैशाख, बुटवल । काठमाडौंदेखि पैदलै बर्दिया जान भन्दै बुटवल आइपुगेका ७५ जना मजदुरलाई रूपन्देहीबाट उद्धार गरिएको छ । सैनामैना नगरपालिकाले गाडीको व्यवस्था गरी घर पठाइएको हो ।

पाँच दिन लगाएर काठमाडौंबाट आइपुगेका ७५ मजदुरलाई बुटवलसँग जोडिएको सैनामैना नगरपालिकाले बसको व्यवस्था गरी घरतर्फ पठाइएको हो । शनिबार साँझ सैनामैनासम्म आइपुगेका उनीहरूलाई नगरप्रमुख चित्रबहादुर कार्कीको पहलमा एक रात राखेर घरसम्म पुर्‍याउन जिम्मा लिएका हुन् । उनीहरू आइतबार राति घर पुगेका छन् ।

यस्तै रूपन्देही लगायतका विभिन्न निर्माण क्षेत्रमा काम गरिरहेका बर्दिया, प्रदेश नं ५ लगायत कर्णाली र सुदुरपश्चिम प्रदेशमा स्थायी बसोबास भएका मजदुरहरूलाई पनि आइतबार यातायातको व्यवस्था मिलाई घर पठाइएको नगरप्रमुख कार्कीले बताए ।

उनले अस्पतालमा राखिएका मजदुरको सम्पर्कमा रहेका अन्य थप मजदुरलाई पनि उनीहरुसँगै पठाएका हुन् । उनका अनुसार कैलाली टिकापुरका ४० जना, बर्दिया राजापुरका २३ जना, कपिलवस्तु वाणगंगाका १ जना र अन्य स्थानका १ गरी ७५ जनालाई घर पठाइएको हो ।

शनिबार कार्कीले सैनामैनाको मुर्गियामा समूहमा पैदल हिँडिरहेको देखेपछि सोधपुछ गरी उनीहरूलाई सैनामैना वडा नम्बर १ वनकट्टामा रहेको पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयमा खानपानको व्यवस्था सहित बस्ने व्यवस्था मिलाएका थिए ।

चिकित्सालयमा प्रवेश गर्नुपूर्व उनीहरू सबैको स्वास्थ्य परीक्षण गरिएको र अवस्था सामान्य रहेको समेत स्वास्थ्य निरीक्षक हेमराज पन्थीले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment