Comments Add Comment

विश्वभरका नेपालीले भिडियोमार्फत कोरोनासम्बन्धी परामर्श लिनसक्ने

१ वैशाख, काठमाडौं । संसारभर छरिएर रहेका नेपालीले अब भिडियोमार्फत कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी परामर्श सुविधा लिनसक्ने भएका छन् ।

लकडाउनको समयमा बाहिर निस्कन नपाएका स्वदेश तथा विदेशमा रहेका नेपालीलाई लक्षित गर्दै डक्टर अन कल नेपालले यस्तो सेवा थालेको हो ।

विश्वभर रहेका नेपालीलाई कोरोनाबारे कुनै परामर्श आवश्यक परे भिडियो कन्फ्रेन्समार्फत निःशुल्क सेवा दिइने डक्टर अन कल नेपालका प्रबन्ध निर्देशक डा. सुमन न्यौपानेले जानकारी दिए ।

‘डक नेपाल डटकममा गएर इमेल अथवा फोन नम्बर रजिस्ट्रेसन गरेपछि संसारभर रहेका नेपालीले निःशुल्क चिकित्सकसँग भिडियो परामर्श सेवा पाउँछन,’ डा. न्यौपानेले भने ।

अहिलेको जोखिमपूर्ण अवस्थामा रोगको आशंकामा अस्पताल पुग्नु पहिले नै भिडियोमा बिरामीले चिकित्सकसँग कुरा गर्न सकून् भनेर यस्तो सेवा थालिएको उनले बताए ।

विधागत विशेषज्ञ चिकित्सकसंग भिडियो परामर्श उपलब्ध हुने संस्थाले जनाएको छ । चिकित्सकसँग परामर्शपछि इमेल वा फोन नम्बरमार्फत आवश्याक प्रेस्क्रिप्सन सेवाग्राहीलाई उपलब्ध हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment