+
+
Shares

भर्चुअल संसदबारे छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १ गते १६:३४

१ वैशाख, काठमाडौं । भर्चुअल संसदबारे छलफल गर्न संघीय संसदको कार्यव्यवस्था परामर्श समितिको वैठक आह्वान गरिएको छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रतिनिधिसभाको अर्थ समितिले भर्चुअल बैठकको अभ्यास गरिसकेका बेला भर्चुअल संसदको विषयमा छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको वैठक बोलाइएको संसद सचिवालयले जनाएको छ ।

बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको हो ।

हाल संसदको अधिवेशन अन्त्य भएको छ । संसद् अधिवेशन अन्त्य भएको अवस्थामा पनि संसदीय विषयगत समितिका बैठकहरू बस्न सक्छन् । तर, कोरोनाको त्रासका कारण भौतिक उपस्थितिमा बैठक गर्न नसक्ने भएकाले संसदीय गतिविधिमा पनि भर्चुअल बैठकको अभ्यास हुन थालेको छ ।

तर यसको वैधानिकतामा कतिपयले प्रश्न उठाइरहेका छन् । यी समग्र विषयमा छलफल गर्नेगरी कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको संघीय संसद् सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?