Comments Add Comment

लकडाउनमा भोकाएका कुकुरले मान्छे टोक्न थाले

१ वैशाख, काठमाडौं । भारतको मध्य प्रदेशको कोरोना भाइरसबाट सबैभन्दा प्रभावित सहर इन्दौरमा कुकुरले टोकेको घटनामा उल्लेख्य वृद्धि भएको छ । लकडाउनका कारण खाद्यान्न अभाव भएसँगै पछिल्लो २० दिनमा कुकुरले टोकेका घटना बढेका हुन् ।

अभियन्ताहरुका अनुसार लकडाउनका कारण खाद्यान्न अभाव भएसँगै सडकका भुस्याहा कुकुरहरु रिसाएका र मानिसलाई टोक्न थालेका हुन् ।

हुकुमचन्द पोलिक्लिनिकका इन्चार्ज आशुतोष शर्माले सोमबार दैनिक ४०/५० जना मानिस सडकका कुकुरले टोकेको कारण अस्पतालमा आउने गरेको बताए । यो संख्या सामान्य अवस्थाको भन्दै धेरै बढी हो ।

इन्दौरको पिपुल फर एनमिल्स शाखाका अध्यक्ष प्रियांशु जैनले अहिले सहरमा ५० हजार कुकुरहरु खानाका लागि भौंतारिरहेको बताए । नगरपालिकाले पनि कुकुरहरुलाई खुवाउने गरेको छ । नगरपालिकाले पर्याप्त खाना खुवाएको क्षेत्रमा कुकुरले टोक्ने घटनामा पनि कमी आएको इण्डियाटीभीन्युज अनलाइनले लेखेको छ ।

नेपालमा पनि काठमाडौ. लगायतका ठूला सहरका सडकहरुमा भुस्याहा कुकुरको संख्या अत्यधीक देखिन थालेको छ । साँझमा हिँड्ने मानिसहरुलाई भुक्ने र झम्टने क्रम अरुबेला भन्दा बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment