Comments Add Comment

मानिसलाई घरभित्रै राख्न ‘भूत स्वयंसेवक’को प्रयोग

२ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारी रोक्न विश्वका धेरै मुलुकले लकडाउन गरेका छन् । तर लामो समयसम्म लकडाउन पालना गराउन सजिलो छैन ।

इन्डोनेसियाको केपुह गाउँमा भने लकडाउन पालना गराउन अनौठो जुक्ति निकालेको छ ।

पछिल्लो केही समययता जुनेली रातमा सेता ‘भूत’हरु सडकमा देखिन थालेको द साउथ चाइना मर्निङ पोष्टले जनाएको छ । जाभा टापुमा अन्धविश्वास मान्ने मानिसरुलाई घरमा नै राख्न स्वयंसेवकहरुलाई ‘भूत’को रुपमा परिचालन गरिएको छ ।

सामाजिक दूरी कायम राख्न प्रहरीसँग मिलेर यो योजना ल्याइएको गाउँको युवा समूहका प्रमुख अन्जर पंकानिङटिएस बताउँछन् । उनीहरुले ‘पोकोङ’ को प्रयोग गरेर मानिसलाई घरबाट निस्किन डर देखाइरहेका छन् । इन्डोनेसियामा पोकोङ मानिसको ‘भूत’को प्रतीक हो ।

यो भूत सेतो कपडाले बेरिएको, अनुहारमा पाउडर दलेको र कैलो किसिमको आँखा भएको हुने विश्वास गरिन्छ ।

इन्डोनेसियामा चार हजार पाँच सयभन्दा बढीमा संक्रमण भएको छ भने ३९९ जनाको मृत्यु भएको  छ । इन्डोनेसियाका अनुसन्धानकर्ताहरुले कोरोना भाइरसका कारण मुलुकभर संक्रमितको संख्या १५ लाख नाघ्नसक्ने र उनीहरु मध्ये एक लाख ४० हजारभन्दा धेरै मानिसले ज्यान गुमाउन सक्ने चेतावनी दिइसकेको छ ।

तर धेरैले सामाजिक दूरी कायम गर्न मानिरहहेका छैनन् । मानिसमा कोरोना भाइरसबारे चेतना नभएकाले पनि घरमा नै राख्न कठिन भइरहेको अभियान्ताहरु बताउँछन् ।

केपुहमा अपनाइएको जुक्तिले भने काम गरेको छ । मानिसहरु साँझको प्रार्थना सकेपछि आफ्ना बालबालिकालाई घरभित्रै राख्न थालेको स्थानीय कर्नो सुपाडमा बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment