Comments Add Comment

मुख्यमन्त्री राउतको निर्देशन -स्वाब परीक्षणमा तीब्रता देऊ

२ वैशाख, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरसको परीक्षणमा तीब्रता आउन नसकेको स्वीकार गर्दै स्वाब परीक्षणलाई तीब्रता दिनुपर्ने बताएका छन् ।

मंगलबार मुख्यमन्त्री निवासमा सम्पन्न प्रतिपक्षीदलका नेतासहितको निर्देशक समितिको बैठक पश्चात स्वास्थ्य क्षेत्रसँग सम्बन्धित पदाधिकारीलाई स्वाब परीक्षणलाई तीब्रता दिन निर्देशन दिए । ‘स्वाब तिब्र रुपमा परीक्षण नभइरहेको गुनासो चारैतिरबाट आइरहेको छ,’ मुख्यमन्त्री राउतले भने, “यो काममा तदारुकता दिन समाजिक विकास मन्त्रालयलाई जरुरी छ ।”

मुख्यमन्त्री राउतले कोरोना रोकथाम तथा नियन्त्रणका लागि रकमको कुनै आभाव हुन नदिने प्रतिबद्धता जनाउँदै कार्यान्वयनको पाटोमा कुनै पनि ढिला सुस्ती सुन्न नचाहेको बताए ।

सुरक्षा निकायका अधिकारीको समेत सहभागिता रहेको बैठकमा मुख्यमन्त्री राउतले सीमामा सर्तकता बढाउन उनीहरुलाई पनि निर्देशन दिए ।

खुला सीमानाका कारण प्रदेशमा कोरोनाको त्रास बढेको हुँदा सीमा नाकामा थप कडाई गर्न सुरक्षा निकायका अधिकारीलाई ध्यान दिनुपर्ने उनले बताए । उनले सुरक्षामा चाहिने आवश्यक सामग्री अबिलम्ब उपलब्ध गराउन आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई निर्देशन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment