Comments Add Comment

रामेछापमा २७ जनाको र्‍यापिड टेस्ट रिपोर्ट नेगेटिभ

३ बैशाख, रामेछाप । रामेछाप जिल्लामा मंगलबारसम्म २७ जनामा कोरोनाको र्‍यापिड टेष्ट गरिएको छ । टेष्ट गरिएका सबैको रिपोर्ट नेगेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।

जिल्लामा सोमबारबाट र्‍यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट कोरोना भाइरस (कोभिड–१९) परीक्षण सुरु गरिएको थियो । मंगलबार २६ जनाको परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिए ।

उनका अनुसार मंगलबार मन्थली नगरपालिकामा ४ जना, रामेछाप नगरपालिकामा १७ जना र लिखुतामाकोशी गाउँपालिकामा ५ जना क्वारेन्टिनमा बसेकाहरुको परीक्षण गरिएको थियो ।

यसैबीच जिल्ला प्रशासन कार्यालय रामेछापले आवश्यकताको पहिचान गरेर मात्रै कोरोना भाइरस प्रभावितहरुलाई राहत वितरण गर्न स्थानीय सरकारलाई अनुरोध गरेको छ । मंगलबार एक सूचना प्रकाशन गरी प्रशासनले लकडाउनको क्रममा अलपत्र परेका मजदुर, विद्यार्थी, विपन्न वर्गले सम्बन्धित वडाबाट राहात नपाएको र आफूखुसी राहत वितरण भैरहेको गुनासो आएको भन्दै यस्ता कार्य तत्काल बन्द गर्न अनुरोध गरेको हो ।

जिल्ला प्रशासनले प्रत्येक वडामा सम्पर्क व्यक्ति तोकी निवेदन तथा गुनासो संकलन गर्ने व्यवस्था मिलाउन र कुनै निकाय, संघ संस्था वा व्यक्तिले दिने सहायता स्थानीय तहको मापदण्ड अनुसारकोे सामाग्री भएमात्रै स्वीकार गरी वडा स्तरीय समिति मार्फत वितरण गर्न अनुरोध गरेको छ ।

प्रशासनले नेपाल सरकारको असंगठित क्षत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई उपलब्ध गराउने राहतसम्बन्धी मापदण्ड २०७६ स्वीकृत भैसकेकाले सोही अनुसार आवश्यक नागरिकलाई मात्रै राहत वितरण गर्न अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment