Comments Add Comment

दार्चुलामा चट्याङ लागेर बालिकाको मृत्यु, ४ जना घाइते

३ वैशाख, कैलाली । दार्चुलामा चट्याङ लागेर एक बालिकाकोे मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका-६ तिखाधारमा चट्याङपर्दा ७ वर्षीया लक्ष्मी खातीको मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
चट्याङ लागेर उनका परिवारका अन्य चार जना घाइते भएका छन् ।

चट्याङ लागेर मृतक बालिकाको बुवा बिष्णु खाती, आमा अतिना खाती बहिनी मन्जु खाती र आफन्त सिता खाती घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुला प्रमुख प्रहरी नायव उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिए ।

चट्याङबाट बालिकाको घटना स्थलमै मृत्यु गएको उनले बताए । अन्यको जिल्ला अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको शाहीले बताए ।

चट्याङले खातीको घर पूर्ण रुपमा क्षतिभएको प्रहरीले जनाएको छ । मंगलबार राति करिब ९ बजे चट्याङ परेको प्रहरी उपरीक्षक शाहीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment